Rashtriya Yuva Jagaran
Online Digital News

वैशाख १२ सम्झाउँदै भुकम्प: एकाविहानै काठमाडौंमा २ पटक

काठमाडौं, ११ वैशाख २०७६ । बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा एकाबिहानै लगातार २ वटा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ६ बजेर २९ मिनेटमा तथा ६ बजेर ४० मिनेटमा ती भूकम्पका धक्का महशुस गरिएका हुन्। १२ मिनेटको फरकमा गएका दुई मध्ये पहिलो भूकम्पको धक्का ५.२ र दोश्रो ४.३ म्याग्निच्यूडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
दुबै भूकम्पको केन्द्रबिन्दु धादिङको नौविसे हो। वैशाख १२ मा गएको विनाशकारी भूकम्पको ४ वर्ष पुग्न एकदिन अगाडी यो पराकम्प महशुस गरिएको हो।

Leave A Reply

Your email address will not be published.