Rashtriya Yuva Jagaran
Online Digital News

प्रदेशको तेस्रो अधिवेशन अन्त्य

विराटनगर, २३ वैशाख २०७५ । प्रदेश १ को तेस्रो तथा हिउँदे अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने जनाइएको छ । गत माघ २० गतेदेखि सुरु भएको अधिवेशन राति १२ बजेपछि अन्त्य भएको प्रदेश प्रमुख प्रा.डा. तुम्बाहाङले सूचना जारी गरेर जानकारी दिएका छन् ।
उनले प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीलाई सोमबार पत्र लेखेर तेस्रो अधिवेशन अन्त्य भएको जानकारी गराए । ‘नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेशन अन्तय गरेको छु,’ प्रदेश प्रमुखले लेखेको पत्रमा उल्लेख छ । तेस्रो अधिवेशनमा ५ वटा विधेयकको निर्माण र प्रदेश सभा नियमावली २०७४ को संशोधन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.