Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७६ वैशाख २४ गते मंगलबार

ॐ गणेशायःनम : जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं ।

वि.सं. २०७५ वैशाख २४ गते, मंगलबार (२०१९ मे ७), वैशाख शुक्ल तृतीया (अक्षयतृतीया)

मेष
मेषदोधारेपनले सताउनेछ, कुटुम्बको सहयोगले निर्णय लिनु होला । अचल सम्पत्ति जोड्ने योग रहेको छ । सहज वातावरणले गर्दा समस्याहरु हल हुनेछन् । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ ।
बृष
बृषसामाजिक प्रतिष्ठा बढेर जानेछ । नविन मित्र बनाइनेछ । विशेष कार्यको नेतृत्वको अभिभारा मिल्नेछ । बोलिकै भरमा धेरै कार्यहरु बन्नेछन् । अध्ययनमा सामान्य मिहिनेतले नै बुझ्न र सिप सिक्न सकिनेछ ।
मिथुन
मिथुनसहज परिस्थिति हुँदाहुँदै पनि कार्य गर्न सकिने छैन । प्रतिक्षित नतिजामा गिरावट आउनेछ । शारीरिक आलस्यता कायमै रहला । काम गरेर सन्तोष मिल्ने छैन । अनावश्यक कार्यमा धन रकम खर्च गर्नुपर्ला ।
कर्कट
कर्कटआर्थिक दृष्टिले विशेष लाभकारी समय रहेको छ । बोलि वचनमा मिठासपन आउनेछ । विपक्षी पनि मेलमिलापको वातावरणमा आउँदा काम कार्य गर्न सहज हुनेछ । व्यवसायमा गरेको लगानिले पछिसम्म लाभ मिल्नेछ ।
सिंह
सिंहअघि गरेको दुःखको फाइदा उपभोग गर्न पाइनेछ । विवादित कार्यमा सही विकल्प रोजिनेछ । नविन कार्यको संझौता हुनेछ । पढाइमा मन जानेछ । पारिवारिक सम्बन्ध सुमधुर रहला । दिन शुभ नै रहनेछ ।
कन्या
कन्यासद्बुद्धि प्राप्तिको योग बनेको छ । कल्याणकारी कार्यमा सहभागि भइनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी भइनेछ । श्रममार्गबाट समेत उचित मूल्यांकन मिल्नेछ । काम गर्ने जोश जाँगर बढेर जानेछ ।
तुला
तुलाव्यापार व्यवसायमा आयदर न्यून होला । आफन्तजनसँग टाढिनु पर्ला । सवारी साधनको प्रयोग गर्दा सजक रहनु होला । अध्ययनमा भन्दा बाहिरी कुरामा समय वित्नेछ । नविन कार्य नथाल्नु नै उचित हुनेछ ।
वृश्चिक
वृश्चिकआकर्षण शक्ति बढेर जानेछ । भौतिक सुखसुविस्ता उपभोग गर्न पाइनेछ । प्रीयजनसँगको रमाइलो यात्रा होला । व्यवसायमा नविन संझौता गर्नु उचित देखिन्छ । उच्चस्तरीय व्यक्तिसँग मित्रता गाँसिनेछ ।
धनु
धनुअल्छि गर्ने बानीले काम गति सुस्त बन्नेछ । मान्यजनको सल्लाहमा कार्य गर्दा लक्ष्यमा पुग्न सफल भइनेछ । आर्थिक उपलब्धि मूलक कार्यको आरम्भ हुनेछ । धनसञ्चय गर्न मन लाग्नेछ । सही समयको लाभ उठाउनु होला ।
मकर
मकरपारिवारीक जमघटको योग परेको छ । मिष्ठान्न भोजन प्राप्त होला । टाढिएका आफन्तजनसँग पुनर्मिलन हुनेछ । महत्वपूर्ण कार्यको आरम्भ हुनेछ । सकारात्मक सोच विचार आउनेछ ।
कुम्भ
कुम्भकाम काम भन्दा स्वास्थ्य कमजोर बन्नेछ । जिम्मा लिएका कार्य समयमा नसक्दा भनाई खानु पर्ला । बोलि कै कारण विवादमा परिन सक्छ संयम रहनु होला । लहैलहैमा अनावश्यक खर्च भार थपिनेछ ।
मीन
मीनमीनसाझेदारी काम कार्यबाट उचित लाभ पाइनेछ । सहोदरका व्यक्तिको सहयोगले कार्य बन्नेछन् । अध्ययनमा रुचि बढ्नेछ । आकस्मिक धनलाभको योग बनेको छ । आज थालेका कार्यले भविष्यसम्म लाभ लिन सकिनेछ ।

Leave A Reply

Your email address will not be published.