Rashtriya Yuva Jagaran
Online Digital News

प्रदेश एकको स्थायी राजधानी विराटनगर

रायुजा संवाददाता
विराटनगर, २४ वैशाख २०७५ । सहमतिय राजनीतिबाट स्थायी राजधानी तोक्ने प्रदेश सरकारको रणनीति बमोजिम सोमबार दुई तिहाई बहुमतले विराटनगरलाई स्थायी राजधानी बनाएको छ ।
सोमबार साझ बसेको प्रदेश सभा बैठकले सत्ताको नेतृत्व गरिरहेको नेकपाको प्रस्ताव बहुमतले पारित गरेको छ ।
प्रदेश सभा बैठकमा नेकपाले विराटनगरलाई राजधानी तोकी वृहत विराट क्षेत्र भित्र व्यवस्थापिका र कार्यपालिका र अन्य कार्यालयकालागि संरचनाहरु निर्माण गर्ने प्रस्ताव पेस गरेको थियो । प्रदेश सभा बैठकमा पेस भएको प्रस्तावमा सहमती नुजेटपछि मतदान भएको थियो ।
मतदानका क्रममा दुई तिहाई बहुमतले राजधानी बनाउने प्रस्ताव पारित भएको हो । प्रस्तावको पक्षमा ८६ मत खसको थियो भने विपक्षमा मत खसेन् । प्रदेशसभाका सात सांसदले राजधानी तोक्ने प्रस्तावमा मतदान गरेनन् । बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रतापप्रकाश हाङ्गामले मतदान गरेनन् । उनले विराटनगर राजधानी तोक्ने प्रस्तावको विपक्षमा उभिंदै बैठकबाटै बाहिरिए ।
कांग्रेसका सांसदहरु ज्योती सुब्बा र अगमलाल चौधरी, संघीय समाजवादी फोरमका सांसदहरु रामचन्द्र लिम्बू र राधा थापा तथा नेकपाका सांसद गणेश काम्बाङ अनुपस्थित रहे । मत विभाजनमा सहभागी हुन नपाउने व्यवस्थाका कारण सभामुख प्रदीपकुमार भण्डारी मतदान गर्नबाट बञ्चित रहे ।
सचेतक भण्डारी दुईवटा संविधानसभाले समेत टुंगो लगाउन नसकेको बिषय प्रदेशसभाबाट टुंगो लाग्नुलाई प्रदेश १ का राजनीतिक दलहरुले ठूलो अवसरका रुपमा लिनु पर्ने बताए । ‘सबैको प्रयास रह्यो, प्रतिपक्षको भूमिका सराहनीय रहेको छ’ उनले भने ‘हामीले दुई तिहाई छ भन्दैमा दम्भ देखाएका छैनौं, हामीले प्रतिपक्षसँग आफैं घिस्रिएर गएका छौं।’

संशोधनको नियम निलम्बन
प्रदेशसभाका पाँचवटै दलहरुबीचको सहमतिपछि छोटो बाटोबाट राजधानी तोक्ने प्रक्रियाको खोजीमा लागेका दलहरुले प्रदेशसभा नियमावली ९पहिलो संशोधन० २०७५ को नियम ५८ ९क० को १० देखि १६ सम्मका बुँदाहरु निलम्बन गरेका छन् ।
नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नियम निलम्बन गरियोस् भनि प्रस्तुत गरेको प्रस्तावमा संघीय समाजवादी फोरमका नेता जयराम यादवले समर्थन जनाए हुन् ।
प्रस्तावमा उल्लेखित ‘विराटनगरलाई राजधानी तोकियोस्’ भन्ने प्रस्तावमा मत विभाजनका लागि पक्ष र विपक्षमा राखिएको क्रम संख्या सहितको नामावली मध्ये सांसदले पक्षमा रहने सांसदलाई सभामुखको दाहिने लबी र विपक्षमा हुने सांसदलाई देब्रे लबीमा हस्ताक्षर गर्न सभामुख प्रदीपकुमार भण्डारीले आग्रह गरे ।
झण्डै २० मिनेटसम्म चलेको मत विभाजनबाट प्राप्त परिणाम सुनाउँदै सभामुख भण्डारीले विराटनगरलाई राजधानी तोकियोस् भन्ने प्रस्तावले दुई तिहाई बहुमत प्राप्त गरेको घोषणा गरे ।
राजधानी माग गर्दै प्रदेशसभामा दर्ता भएका चारवटा प्रस्तावमध्ये धनकुटा राजधानी तोक्न माग गरिएका दुईवटा प्रस्ताव संसद बैठक सुरु हुनु अगावै प्रस्तावक सांसदहरुले फिर्ता लिएका थिए । धनकुटा माग गर्दै नेकपाका सांसद निरन राई र नेपाली कांग्रेसकी सांसद लीला सुब्बाले अलग अलग प्रस्ताव दर्ता गरेका थिए ।

Leave A Reply

Your email address will not be published.