Rashtriya Yuva Jagaran
Online Digital News

गरिब, असहाय र दुःखीप्रति समर्पित बन्ने इस्लामहरुको पवित्र पर्व रमजाम हिजोदेखि सुरु

रायुजा संवाददाता
विराटनगर, २५ वैशाख २०७५ । इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व रमजान मंगलबारदेखि सुरु भएको छ । अत्यन्तै निष्ठा र आस्थाका साथ निराहार ब्रत बसेर एक महिनासम्म चल्ने पर्व हो । देश विदेशमा रहेका इस्लामहरुले यो पर्वलाई मनाउने गर्दछन् । १२ लाख बढी नेपालमा रहेका इस्लामहरुले यस पर्वलाई मनाउने गरेका छन् ।
रोजा बस्न मुसलमानले बिहानै ४ बजेदेखि बेलुका रोजा खुलेको घोषणा नहुञ्जेलसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। यो रमजान हिजरी संवत् १४४० को हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ।

इस्लामका पाँच आधार स्तम्भ आस्था, नमाज (प्रार्थना), हज (तीर्थाटन), जकात (दान) मध्ये एक हो- रोजा (व्रत) । धर्मग्रन्थ कुरानअनुसार बयस्क मुसलमानले अनिवार्य रोजा बस्नुपर्छ । धनी, गरिब, मजदुर, राजा सबैले । नाबालिक, भोकतिर्खा सहन नसक्ने, बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।
दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान व्रत बस्न आज साँझ मुसलमानले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ।
विराटनगर सरौचिया निवासी मोहम्मद अजादका अनुसार रमजान महीना हाम्रो लागि निकै महत्वपूर्ण हो र यो पर्वमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुनेगर्दछ।
शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ। कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अजादको भनाइ छ। त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन्। नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन।

Leave A Reply

Your email address will not be published.