Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७६ वैशाख ३० गते सोमबार

ॐ नम शिवाय : जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं ।

वि.सं. २०७५ वैशाख ३० गते, साेमबार (२०१९ मे १३), वैशाख शुक्ल नवमी, सीता जयन्ती

मेष
मेष
अधुरा कार्यलाई पूर्णता दिन सकिनेछ । अध्ययनमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । आर्थिक पक्षमा सुधार भएर जानेछ । बौद्धिक क्षमताको बृद्धिविकास हुनेछ ।
बृष
बृष
सोचे अनुरुप काम बन्नेछैन । शारीरिक कमजोरीको महशुस हुनेछ । झन्झटिला कार्यमा संलग्न हुन बाध्य भइनेछ । परिश्रम अनुसारको फल पाइने छैन । अध्ययनमा अल्लि जोड दिनुपर्ने देखिन्छ ।
मिथुन
मिथुन
मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । काम प्रतिको लगनशिलता बढेर जानेछ । उत्साह उमंग छाउनेछ । साथीभाईको साथ समर्थनले कार्य बन्नेछ । खुसीयाली पल रहनेछ ।
कर्कट
कर्कट
दोधारेपनले निर्णय लिन गाह्रो पर्नेछ । कुटुम्बको सल्लाहमा निर्णय लिँदा गन्तव्यमा पुग्न सकिनेछ । धन सञ्चय गर्न मन लाग्नेछ । व्यापार व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी भइनेछ ।
सिंह
सिंह
पदप्रतिष्ठा मिल्ने समय रहेको छ । पदीय दायित्व सही रुपले बहन गर्न सकिनेछ । प्रशंसाको पात्र भइनेछ । अघिदेखी रोकिएका कार्यलाई अघि बढाउन सकिनेछ । अध्ययनमा रुचि बढ्नेछ ।
कन्या
कन्या
व्यर्थको कार्यमा भुल्दा आर्थिक नोक्सानी व्यहोर्नु पर्नेछ । टाढाको यात्रा कष्टकर रहला । नजिकका व्यक्तिसँग नै विवाद पर्नेछ । अशान्तिपनले सताउनेछ । काम गर्ने वातावरण बन्ने छैन ।
तुला
तुला
आश मारेको धन हात पर्नेछ । व्यवसायमा नयाँ तौर तरिकाले गर्दा आयदर बढाउन सकिनेछ । शैक्षिक क्षेत्र सन्तोष जनक रहनेछ । देशदेशान्तरसम्म आफ्नो प्रभुत्व जमाउन सकिनेछ । हर्ष बढ्नेछ ।
वृश्चिक
वृश्चिक
नयाँ कार्यको आरम्भले उत्साह जाग्नेछ । नोकरीमा जिम्मेवारी थपिनेछ । स्वास्थ्य अवस्था ठीकठाक नै रहला । ठूला व्यक्तिसँग सम्पर्क रहनेछ । सान्दर्भिक कार्यको आरम्भले धेरै व्यक्तिको समर्थन मिल्नेछ ।
धनु
धनु
टाढिएका आफन्तजनसँग मिलन हुनेछ । प्रेम सम्बन्ध प्रगाढ रहनेछ । धार्मिक आस्था जाग्नेछ । सोच्न सक्ने क्षमताको विकास हुनेछ । सामान्य रेखदेखले नै ठूला–ठूला कार्यहरु बन्नेछन् ।
मकर
मकर
आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्नेछ । परिश्रमको उचित मूल्यांकन मिल्ने छैन । चिन्ता, पीर थपिनेछ । स्वास्थ्य अवस्था कमजोर बन्नेछ । आर्थिक कारोबारमा विवाद बढ्ला ।
कुम्भ
कुम्भ
आकर्षण शक्ति बढेर जानेछ । जीवनसाथीको सहयोगले जटिल कार्य सम्पन्न गर्न सकिनेछ । आर्थिक अवस्था बलियो नै रहला । बोलिको प्रभाव रहनेछ । नयाँ ज्ञान ग्रहण गर्न पाइनेछ ।
मीन
मीन
सानातिना समस्या आइलाग्न सक्छ संयमताका साथ लाग्दा सुल्झाउन सकिनेछ । श्रममार्गबाट उचित लाभ उठाउन सकिनेछ । मान्यजनको रेखदेखमा कार्य गर्दा विशेष उपलब्धि मिल्ने देखिन्छ ।

Leave A Reply

Your email address will not be published.