Rashtriya Yuva Jagaran
Online Digital News

खोटाङमा आइतबारको चट्याङले आठ जना घाइते, एक गम्भिर

युवा जागरण संवाददाता
खोटाङ, ३० वैशाख २०७६ । असिना पानीसँगै परेको चट्याङले आठ जना घाइते खोटाङ /हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना  घाइते भएका छन् ।
आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटुवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटुवाल र मीना कटुवाल घाइते भएका हुन् । घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताउनुभयो । उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास–प्रश्वासमा समस्या देखिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.