Rashtriya Yuva Jagaran
Online Digital News

जनकपुरमा जानकी माताको जन्मोत्सव भव्य

युवा जागरण संवाददाता
काठमाडौं, ३० वैशाख २०७६ । आज जानकी माताको जन्म दिन । जनकपुरधाममा जानकी जन्मोत्सवको अवसरमा जानकी मन्दिरलाई विवाह महोत्सव जस्तै आधुनिक बत्तिको सजावटले बेहुली झै बनाइएको छ । जानकीको जन्मोत्सवलाई सफल बनाउन बैशाख २२– जेष्ठ ४ गते दिनहुँ विविध धार्मिक कार्यक्रमहरुको आयोजन थियो। महोत्सवको पहिलो दिन राम कथा प्रवचन, नवाह रामायण पाठ र बेलुका बधाई मंगलगानको कार्यक्रम रहेको छ। तीन वर्षअघिदेखि जानकी नवमीलाई भव्यताका लिन जानकी मन्दिर परिवार लागि परेको छ ।
महोत्सवमा वैष्णव राम कथाको लागि वृन्दावन उत्तर प्रदेश भारतका वालव्यास सन्त हरिशरण उपाध्यायलाई बोलाइएको छ। प्रवचनका लागि मन्दिर बाहिर प्राङगणमा पंडाल लगाइएको छ ।
जानकी नवमीको दिन शोभायात्रा, दुधमती साही स्नान, रामायण मेला, राम र सीतालाई केन्द्रित गरी कवि गोष्ठी, रामायणमा आधारीत प्रश्नोत्तर प्रतियोगिता, मिथिला चित्रकला सम्बन्धी प्रदर्शनी, प्रादेशिक भाषाको सांस्कृतिक कार्यक्रमसहितका कार्यक्रमहरु गर्ने आयोजकले जनाएको छ ।
सीता नेपालको राष्ट्रिय विभूतीमा छिन्। मिथिलाले सीता अर्थात जानकी जन्माएर नेपालले विश्वमा जानकी मन्दिरको नामले शिर उचोँ बनाएको छ । जानकीको जन्मोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी जानकी नवमीको महिमा बढाउन मन्दिरमा पूजा अर्चना गरी कार्यक्रममा सहभागी भएकी छिन् ।  प्रदेश सरकारले मात्रै जानकी नवमीको गत वर्षदेखि दिँदै आएको छ।

Leave A Reply

Your email address will not be published.