Rashtriya Yuva Jagaran
Online Digital News

खोटाङमा निःशुल्क सवारी चालक तालिम

युवा जागरण संवाददाता
खोटाङ, ३० वैशाख २०७६ । खोटाङको एक नगरपालिकामा बेरोजगार युवा लक्षित कार्यक्रम अन्तर्गत सवारी चालकहरुलाई निःशुल्क तालिम दिइएको छ ।

खोटाङको रावाबेँसी गाउँपालिका वडा न ३ लामिडाडामा बेरोजगार युवा लक्षित निःशुल्क सवारी चालक तालिम सुरु भएको हो । गाउँपालिकाले आयोजना गरेको छोटो अवधि १ महिने हलुका सवारी चालक तालिमको शुक्रबार गाउँपालिका प्रमुख लिलानाथ निरौलाले उद्घाटन गर्नुभएको हो । उक्त तालिममा ६ वटा वडा रहेको पालिकाका प्रत्येक वडाबाट ५÷५ जनाको दरले ३० जनाको सहभागिता रहेको छ ।

सहभागीहरुलाई कान्तिपुर ड्राइभिङ सेन्टर प्रा.लि., काठमाडौँका प्रबन्धक सूर्य ओलीले रावा बेशी गाउँपालिका वडा न ३ लामिडाडामा प्रशिक्षण दिइरहनुभएकोे छ । सवारी चालक तालिम प्रदान गरी युवाहरुलाई देशमै स्वरोजगार बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.