Rashtriya Yuva Jagaran
Online Digital News

विभिन्न स्थानका १ सय २५ यौनकर्मी पक्राउ

काठमाडौं, ३० वैशाख २०७६ । नेपाल प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट यौन व्यवसायमा संलग्न आरोपमा एक सय २५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लैजान खोज्ने एक सय २५ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अनैतिक क्रियाकलाप हुने ठाउँलाई मध्यनजर राख्दै प्रहरीले उक्त क्षेत्रमा छापा मारेको जानकारी दिए । उनले भने, “काठमाडौंमा हुने अनैतिक क्रियाकलापलाई रोक्न प्रहरीले अभियान सञ्चालन गरेको हो ।”

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

Nayapatrika

Leave A Reply

Your email address will not be published.