Rashtriya Yuva Jagaran
Online Digital News

को बन्छ करोडपतिबाट पहिलो पटक जैनको हातमा एक करोड

रायुजा संवाददाता
काठमाडौं, ३० वैशाख २०७६ । एपिवान टेलिभिजनको फ्रेन्चाईन शो ‘को बन्छ करोडपति’ मा पहिलो पटक राजीव जैनले १ करोड हात पारेका छन् ।
सिजन वानको ४१ औं श्रृखंलामा विराटनगरमा जन्मिएर हाल ललितपुरमा बस्दै आएका राजीव जैनले एक करोड जित्दै नेपालकै पहिलो एक करोड विज्ते विजेता बनेर इतिहास कायम गराएका छन् ।
फास्टटेस्ट फिंगर फस्टमा नौ जना प्रतिस्पर्धीलाई पछि पार्दै हट सिटमा बसेका उनले १३ वटा प्रश्नको जवाफ मिलाउँदै २५ लाख जितेका थिए । हुटर बजेर उनी ४२ औं श्रृंखलामा पुगे । ४२औं श्रृंखलामा उनले बाँकी दुई (१४औं र १५औं) प्रश्नको पनि जवाफ मिलाएर को बन्छ करोडपतिको पहिलो सिजनमा करोड रुपैयाँ जित्ने पहिलो सहभागी बने ।
जैनले सन् २००१ मा इन्डियाको ‘कौन बनेगा करोडपति’मा पनि खेल्ने प्रयास गरेका थिए । तर, टप हन्ड्रेडमा छनोट भए पनि टप टेनमा परेनन् ।

Leave A Reply

Your email address will not be published.