Rashtriya Yuva Jagaran
Online Digital News

स्टाटसका कारण प्रहरी निगरानीमा श्रेष्ठ

विराटनगर, ३० वैशाख २०७६ । मोरङको उर्लाबारीबाट युट्युव टिभी सञ्चालन गर्दै आएका किशोर श्रेष्ठले प्राप्त गरेको ‘बम राख्नसक्ने मोबाइल म्यासेज’लाई तस्बिरसहित फेसबुकमा राखेर पछि प्रहरीको निगरानीमा परेका छन् ।
श्रेष्ठले गोर्खा जनमुक्ति मोर्चा नामको भूमिगत पार्टीले आइतबार र सोमबार प्रदेश १ का विभिन्न स्थानमा शक्तिशाली बम राख्न सक्ने म्यासेज आफूलाई प्राप्त भएको भनि फोटोसहितको फेसबुकमा सूचना पोष्ट पोष्ट गरेर पछि पटक पटक सोधपुछका लागि उनलाई प्रहरी कार्यालयमा बोलाइएको छ । स्टाटसमा लेखिएझै सोही अनुसारको वस्तु झापाको कन्काई पुलमा आइतबार बिहान फेला परेपछि मोरङ प्रहरीले युटुबर किशोर श्रेष्ठसँग सोधपुछ तथा निगरानी बढाएको हो ।
उनले आफूलाई मेसेन्जरमा आएको एसएमएस भन्दै युटुबर किशोरले शनिबार शक्तिशाली बमको फोटोसहित चाहेमा प्रहरीलाई म्यासेज उपलव्ध गराउन सक्नेछु भन्दै फेसबुकमा सूचना पोष्ट गरेका थिए । उक्त सूचना पोष्ट भएपछि इलाका प्रहरी उर्लाबारीले शनिबार साँझ पनि उनलाई बोलाएर सोधपुछ गरेको थियो ।
युटुबर श्रेष्ठले फेसबुकमा लेखेअनुसार आइतबार बिहान झापाको कन्काई पुलमा बिस्फोटक वस्तु राखिएको फेलापछि उनले कुन नियतले फेसबुक स्टाटस लेखेका रहेछन् र उनको संलग्नता छ छैन प्रष्ट हुनका लागि मात्रै सोधपुछ गर्न बोलाएका र पक्राउ नगरेको मोरङका एसपी मनोज केसीले बताए ।
म्यासेजमा आएको सूचना प्रहरीलाई जानकारी गराउनु पर्नेमा फेसबुकमा लेख्नुले उनी पत्रकार नभएको प्रष्ट भएको तर उनले लेखेको सूचनाले प्रहरीलाई सहयोग नै पुगेकोले सोधपुछका लागि मात्र बोलाएको प्रहरीको भनाई छ । तर, युटुबर श्रेष्ठको शंकास्पद गतिविधिमा संलग्नता पाइएमा चाँही पक्राउ गरेर कानूनअनुसार कार्वाही प्रहरीले कार्वाही गर्नेछ ।

Leave A Reply

Your email address will not be published.