Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो: कार्यसिद्धि होस् – २०७६ वैशाख ३१ गते मंगलबार

ॐ गणेशायःनम: जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं ।

वि.सं. २०७५ वैशाख ३१ गते, मंगलबार (२०१९ मे १४), वैशाख शुक्ल दशमी

मेष
मेषजिम्मा लिएका काम कार्य समयमै पूरा गर्न सक्दा प्रशंसा मिल्नेछ । स्वास्थ्य अवस्था ठीकठाक नै रहला । नयाँ सिप, ज्ञान मिल्नेछ । विवादित कार्यलाई मेलमिलाप गरेर अघि बढाउन सकिनेछ ।
बृष
बृषअसन्तोषी प्रबृत्ती रहला । काम–काम भन्दा स्वास्थ्य कमजोर बन्नेछ । उत्तराद्र्धको समयमा भने पारिवारीक सहयोगले महत्वपूर्ण कार्यको आरम्भ हुनेछ । आर्थिक पक्षमा समेत सुधार हुने देखिन्छ ।
मिथुन
मिथुननयाँ कार्यको शुरुवातीले उत्सुकता जाग्नेछ । प्रीयजनसँगको रमाइलो भेट हुनेछ । उत्तराद्र्धको समयमा स्वास्थ्य कमजोर बन्नेछ । अल्छि गर्ने बानीले महत्वपूर्ण कार्य फुत्कनेछ, संयम रहनु होला ।
कर्कट
कर्कटकर्कटसकारात्मक सोच विचार रहनेछ । सामाजिक कार्यबाट प्रशंसा पाइनेछ । घरायसी समस्या हल हुनेछ । आत्मबल, आत्मविश्वास बढेर जानेछ । एकल प्रयासले नै धेरै कार्यमा सफलता मिल्नेछ ।
सिंह
सिंहसिंहमनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । सुखसुविस्ताका साधनहरु जुट्ने छन् । हर्षको खबर मिल्नेछ । बेलुकी पख अन्योलको वातावरणले निर्णय लिन गाह्रो पर्नेछ, कुटुम्बको सल्लाह लिनु होला ।
कन्या
कन्याचञ्चले स्वभावका कारण कार्य विग्रनेछ । आर्थिक लगानिले तनाब मात्र निम्त्याउनेछ । मध्यान्ह पछिको समय भने सुधारोन्मुख रहला । व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी भइनेछ ।
तुला
तुलानयाँ कार्यको सम्झौता हुनेछ । सहोदरका व्यक्तिको सहयोगले कार्य बन्नेछन् । उत्तराद्र्धको समयमा तनाबदायी अवस्था सृजना हुनेछ । अरुको विश्वासमा कार्य थाल्दा आर्थिक नोक्सानी हुनेछ ।
वृश्चिक
वृश्चिकमान्यजनसँग मिलेर कार्य गर्न पाइनेछ । सरकारी क्षेत्रका अपूरा कार्यले स्थान पाउनेछन् । मातृसुख मिल्नेछ । उपहारादि मिल्नाले खुसी भइनेछ । व्यवसायबाट उचित लाभांस मिल्नेछ ।
धनु
धनुमांगलिक कार्यमा सरीक हुने निम्तो पाइनेछ । विशेष कार्यको जिम्मेवारी मिल्नेछ । प्रशंसकहरु थपिने छन् । सृजनशिलताको विकास हुनेछ । नयाँ कार्यको आरम्भ गर्दा धेरै व्यक्तिको साथ पाइनेछ ।
मकर
मकरवेसुरे निर्णयले घाटा व्यहोर्नु पर्नेछ । बोलिकै कारण विवादमा परिन सक्छ संयमता अपनाउनुहोला । उत्तराद्र्धको समयमा आर्थिक पक्षमा सुधार हुनेछ । शुभ खबर मिल्नाले खुसीयाली छाउनेछ ।
कुम्भ
कुम्भप्रेमप्रसंगले मूर्तरुप लिनेछ । विपरितलिंगिको साथ सहयोगले कार्य बन्नेछन् । तर मध्यान्ह पछि अरुको विश्वासमा बस्दा अवसर गुम्नेछ । आर्थिक पक्ष कमजोर रहनेछ । नैराश्यता छाउनेछ ।
मीन
मीन

मेलमिलापबाट समस्याको समाधान हुनेछ । व्यापार व्यवसायबाट आर्थिक उपलब्धि हुनेछ । चातु¥याईँपनले गर्दा विग्रनै आँटेका कार्यलाई पनि सञ्चाएर अघि बढ्न सकिनेछ । अध्ययनमा रुचि बढ्नेछ ।

Leave A Reply

Your email address will not be published.