Rashtriya Yuva Jagaran
Online Digital News

स्वतन्त्र पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वमा मसाल

रायुजा संवाददाता
पोखरा, ३१ वैशाख २०७६ । तनहुँको बन्दीपुरमा आयोजित स्वतन्त्र पत्रकार संघको गरिमामय तथा ऐतिहासिक सातौं साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट नेतृत्वमा वरिष्ठ पत्रकार केबि मसाल शनिबार नर्विरोध चयन भएका छन् ।

कुल बहादुर पाण्डे (केबी सम्राट) वरिष्ठ उपाध्यक्षमा चयन गरिएको उक्त अविधेशनको बन्दसत्रले ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो स्वतन्त्र भन्नु’ मूल मन्त्रलाई आत्मसाथ गरेर बनेको सो समितिको खुल्ला उपाध्यक्ष (पुरुष)मा राजेन्द्र देव रायमाझी र महिला उपाध्यक्षमा अम्बिका पाण्डे चुनिए । यसैगरी महासचिवमा आधा आधा कार्यकालका लागि जिवनलाल सुवेदी र अनन्तराज न्यौपाने चुनिएका छन् । अधिवेशन भएका दिनदेखि डेढ वर्षसम्म सुवेदीले महासचिवको कार्यभार सम्हाल्ने छन् भने बाँकी न्यौपानेले सम्हाल्ने गरी चुनिएका हुन् ।
स्वतन्त्र पत्रकार संघ मोरङका अध्यक्ष समेत रहेका विजय खतिवडाको संयोजकत्वमा गठित निर्वाचत समितिले गरेको घोषणा अनुसार उक्त कार्यसमितिको उपमहासचिवमा पनि आधा आधा कार्यकालकै लागि दुई जना चुनिएका छन् । जसमा पहिलो आधा कार्यकाल नवराज सिलवालले सम्हाल्ने भएका छन् भने बाँकी छविलाल सुनारले कार्यभार सम्हाल्ने भएका छन् । सो समितिको कोषाध्यक्षमा शालिग्राम पाण्डे चुनिएका छन भने सहकोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ चुनिएकी छन् । तीन जना महिलामा दुई जनाको मात्र उम्मेदवारी परेका सीता दर्नाल र अमृता असिम घिमिरे चुनिएका छन् ।
यसैगरी सो समितिको खुल्ला सदस्यहरुमा माहाप्रसाद खतिवडा, माहानन्द सापकोटा, नरेन्द्र ढकाल, प्रेम गिरी, मोहन ढकाल, उर्गेन लामा निर्वाचित भएका छन । मधेसी कोटाबाट देबनारायन साह चुनिए । विधानतः ९ जना पदाधिकारी, ७ जना प्रदेश अध्यक्ष तथा संयोजक पदेन सदस्य, खुल्ला सदस्य ६, महिला सदस्य ३, जनजाति, अल्पसंख्यक, मधेसी, अपाङ्गता, दलितबाट १÷१ गरी जम्मा ३१ सदस्य रहने प्रावधान छ । सो बन्दसत्रका अवसरमा संस्थाको आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन, अध्यक्षको प्रतिवेदनसहित विधानलाई संघीय संरचना अनुसारको बनाउन संशोधन समेत गरिएको थियो । संस्थाका महासचिवको संयोजकत्वमा गठित तीन सदस्यीय मोहन भण्डारीसहितको तीन सदस्यीय समितिले तयार पारेको विधानको संशोधनलाई सर्वसम्मत पारित गरिएको थियो ।
भानु माध्यमिक विद्यालयको सभाहलमा शनिबार आयोजित उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष कृष्ण प्रसाद बाँस्तोलाले गरेका थिए । राष्ट्रिय उपाध्यक्ष शान्ति राणाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको खुल्ला सत्रका प्रमुख अतिथि माननीय सभासद कृष्ण कुमार श्रेष्ठ (किसान) रहेका थिए भने विशेष अतिथि बन्दीपुर गाउँपालिका प्रमुख पूर्णसिंह थापा रहेका थिए ।

यसैगरी विन्दवासिनी सामुदायिक होमस्टे अध्यक्ष शान्ति कुँवर, अग्रज पत्रकारहरु मोहन भण्डारी, अग्रज पत्रकार ९३ वर्षीया रामकृष्ण कर्माचार्य, ८४ वर्षीया केशवराज पराजुली, उमाकान्त शार्मा, केवी मसाल, राष्ट्रिय अनुसन्धान अधिकृत, प्रहरी प्रमुख, ग्रामिण पर्यटन विकास समितिका अध्यक्ष सुदर्शन प्रधानलगायत संस्थाका पूर्व पदाधिकारी, सल्लाहकारसहित विभिन्न संघसंस्था, राजनीतिक दल तथा सामाजिक अगुवाहरुको आतिथ्यता रहेको थियो ।
संस्थाका महासचिव नवराज पहाडीले सञ्चालन गरेको उक्त कार्यक्रममा अग्रज पत्रकार ९३ वर्षीया रामकृष्ण कर्माचार्यलाई दोसल्ला ओढाएर सम्मान सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले पत्रकार स्वतन्त्र नभईदिँदा न्याय सम्पादनमा समेत अप्ठ्यारो परिरहेको भन्दै स्वतन्त्र पत्रकार नै अहिलेको आवश्यकता रहेको औंल्याएका थिए । उनले बौद्धिक क्षेत्र मानिएको पत्रकारहरुको यति ठूलो संगठनले बन्दीपुरलाई रोजेर आन्तरिक पर्यटकीय प्रवद्र्धन मात्र नभएर यस ठाउँको प्रसार प्रसारमा समेत सहयोग भूमिका निर्वाह गर्न बन्दीपुरलाई छनौट गरेकोमा धन्यवाद दिएका थिए । विकासको सन्दर्भमा प्रमुख अतिथि श्रेष्ठले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २८ वर्षसम्म राजनीति गरेको राजनीतिक भूमिमा गरेको विकास भन्दा मेरो डेढ वर्षको समयमा भएको विकासले धेरै फड्को मारेको जिकिर समेत गरे । उनले भने– विकास कै लागि यहाँका जनताले रामचन्दजीको २८ वर्षे विरासत तोडाएर मलाई प्रतिनिधिसभामा पु¥याएका हुन यसर्थ मेरो लक्ष्य भनेको यस क्षेत्रको विकास मात्र हो । सो कार्यक्रममा बन्दीपुर गाउँपालिका प्रमुख थापाले पर्यटकीय रुपबाट पुरानो ऐतिहासिकता बोकेको यस स्थलको विकास र सम्बद्र्धनका निम्ति स्वतन्त्र पत्रकार संघको कार्यक्रम स्थान छनौटमा बन्दीपुर परेकोमा खुशी व्यक्त गर्दै यहाँका हरेक पाटालाई केलाएर नेपालभरी फैलाईदिन र पहाडकी रानीले चिनिएको यस स्थलको विकासमा योगदान पु¥याउन आग्रह समेत गरे । उक्त ऐतिहासिक तथा गरिमामय माहाधिबेसनमा २५ जिल्लाका १ सय २० को हाराहारीमा पार्षदहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले स्वतन्त्र पत्रकारहरुको आजको आवश्यकताका विषयमा प्रकाश पार्दै बधाई तथा शुभकामना दिएका थिए । सो कार्यक्रममा संस्थाका पदीय जिम्मेवारी वहन गर्ने पदाधिकारीहरुलाई सम्मान गरिएको थियो भने उपस्थित प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको समापनमा सभाध्यक्ष तथा संस्थाका अध्यक्ष बाँस्तोलाले कार्यक्रमलाई सफल बनाउन आएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथ, विद्यालय परिवार, गाउँपालिका परिवारलगायत उपस्थित पार्षदहरु, कार्यसमितिका पदाधिकारी, सल्लाहकारलगायत सम्बद्ध सबै प्रति कृतज्ञतासहित हार्दिक धन्यवाद दिँदै खुल्लासत्रको समापन गरेका थिए ।

पहाडकी रानीको नामले परिचित ऐतिहासिक स्थल तनहुको बन्दिपुर स्थित भानु माध्यमिक विद्यालयमा वैशाख २८ र २९ गते आयोजित स्वतन्त्र पत्रकार संघ नेपालको आठौं साधारण सभा तथा तेस्रो राष्ट्रिय माहाधिबेसनबाट निर्विरोध निर्वाचित केवी मसालको नेतृत्वमा गठित ३१ सदस्यीय राष्ट्रिय समिति गरिमामय पदमा सुनसरी, मोरङ र झापाबाट गरी ७ जना सञ्चारकर्मी मित्रहरु क्रमशः कोषाध्यक्ष शालिग्राम पाण्डे (सुनसरी), प्रेम गिरी (सुनसरी), मोहन ढकाल (सुनसरी), महानन्द सापकोटा (मोरङ), महाप्रसाद खतिवडा (मोरङ) देवनारायण शाह (मोरङ)नरेन्द्र ढकाल (झापा) रहनु भएको छ । मोरङकै विजय खतिवडाको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले विधिविधान सम्बत ढंगबाट सहजरुपमा नेतृत्व चयन गरेर महत्वपूर्ण योगदान पु¥याउनु भएकोमा गराउन सफल भएकोमा सबै हार्दिक बधाईसहित निर्वाचित सबै मित्रहरुलाई सफल कार्यकालको शुभकामना ।

Leave A Reply

Your email address will not be published.