Rashtriya Yuva Jagaran
Online Digital News

१२ औं सागमा स्वर्ण र कास्य पदक विजेता दूई जुडो खेलाडी प्रतिवन्धित

रायुजा संवाददाता
काठमाडौं, ०१ जेठ २०७६ । १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता फुपुलामु खत्री र प्रशिक्षक रमेश मगरलाई नेपाल जुडो संघले प्रतिवन्ध लगाएको छ ।

संघले जारी गरेको विज्ञप्ति जारी गर्दै भनेको छ– आइओसी सोलिडाइरिटी कार्यक्रमअन्तर्गत प्रशिक्षणको निम्ति जापानमा रहेकी जुडो खेलाडी फुपुलामु खत्री समयावधि अगावै जापानको कुनै पनि निकायलाई सूचना नगरी बीचैमा प्रशिक्षण छोडेर स्वदेश फर्केकोले कारवाही गरेको संघ जनाएको छ भने कार्यक्रम अवधिभर जापानमा प्रशिक्षणमा रहेको बेलाको रिपोर्टको आधार र जापान ओलम्पिक कमिटीले उक्त कार्यक्रम बन्द गरेको पत्र र संघको स्वीकृति उद्देश्य र हितविपरीत कार्य गरेकोले खत्रीलाई टोकियो ओलम्पिक २०२० सम्मको लागि प्रतिबन्ध लगाएको विज्ञप्तिमा उल्लेख छ । सो अवधिसम्म खत्रीले जुडोसम्बन्धी कुनै कार्यक्रममा सहभागिता जनाउन नपाउने पनि जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपाल जुडो संघको ०७५ फागुन १० गते बसेको बैठकले खत्री र ०७६ वैशाख २० गते बसेको बैठकले मगरलाई कारवाही गरेको संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले बताएका छन् । मगरलाई १० वर्ष र खत्रीलाई टोकियो ओलम्पिकसम्म प्रतिबन्ध लगाएको जनाएको छ ।
यसैगरी आइजेएफ एकेडेमी लेबल १ को ११ हप्ते सैद्धान्तिक परीक्षामा सहभागी भई उत्तीर्ण भएका प्रशिक्षक रमेश मगर व्यवहारिक परीक्षामा सहभागी हुन सन् २०१९ मा हंगेरी प्रस्थान गरेका थिए । तर मगर उक्त परिक्षामा सहभागि नभई विदेश पलायन भएपछि संघले जुडो खेलको प्रतिष्ठामा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा आँच पुगेको भन्दै मगरलाई १०वर्षे प्रतिबन्ध लगाएको विज्ञप्तीमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.