Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७६ जेठ ०१ गते बुधबार

भाग्यफलमा जे लेखिए पनि जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं ।

वि.सं. २०७६ जेष्ठ १ गते, बुधबार (२०१९ मे १५), वैशाख शुक्ल एकादशी (माेहिनी एकादशी ब्रत)

मेष
मेषविपक्षीले बाधा अड्चन ल्याउन सक्छन्, सजक रहनु होला । आर्थिक पक्षमा उन्नतिको संकेत देखिन्छ । नयाँ व्यवसायको शुरुवातीले उमंग छाउनेछ । अध्ययन–अध्यापनमा चासो रहनेछ ।
बृष
बृषस्वास्थ्य समस्या हल भएर जानेछ । अवसरहरुले पछ्याउनेछन् । नयाँ ठाउँको भ्रमणको योग बनेको छ । बौद्धिक क्षमतामा बृद्धि विकास हुनेछ । सन्तान पक्षको साथ सहयोगले कार्य बन्नेछन् ।
मिथुन
मिथुनकठोर बानी व्यवहारका कारण आफन्तजनसँग विवादको स्थिति सृजना हुनेछ । शारीरिक आलस्यताले काम गर्ने जाँगर लाग्ने छैन । आर्थिक पक्ष कमजोर बन्नेछ । मातृपक्षको सहयोगले कार्य गर्नुहोला ।
कर्कट
कर्कटव्यापार व्यवसायमा आयदर बढ्नेछ । साथीभाईसँगको रमाइलो जमघट हुनेछ । शैक्षिक क्षेत्रमा चासो रहनेछ । सृजनात्मक कार्यमा मन जानेछ । काम गरेर देखाउने समय रहेको छ ।
सिंह
सिंहद्वितीयेश चन्द्रमाले सामान्य अन्योलको वातावरण बनाउनेछ, दृढताका साथ लाग्नु होला । धन संचय गर्न मन लाग्नेछ । कृयाशिलता र दक्षताको बृद्धि विकास हुनेछ । हर्षको खबरले फुरुंग भइएला ।
कन्या
कन्याठूला व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ । सम्मानजनक कार्य गर्न सकिनेछ । मानसिक क्षमताको विकास हुनेछ । नयाँ लगानिको अवसर मिल्नेछ । श्रमको उचित मूल्यांकनले कार्य गर्न मन लाग्नेछ ।
तुला
तुलाविना योजना कार्य आरम्भ गर्नाले रनभुल्ल भइनेछ । आम्दानीको तुलनामा खर्चको मात्रा बढि हुँदा तालमेल मिलाउन गाह्रो पर्नेछ । झन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ । कष्टको सामना गर्नु पर्ला ।
वृश्चिक
वृश्चिकआम्दानिका स्रोतहरु फेला पर्नेछन् । दैनिक कार्यमा नयाँ तौर–तरिकाको प्रयोगले सहजताको अनुभव हुनेछ । नयाँ मित्र बनाइनेछ । अध्ययनमा चासो रहनेछ । रमाइलो यात्राको संभावना देखिन्छ ।
धनु
धनुनोकरीमा प्रशंसा एवं नयाँ जिम्मेवारी थपिनेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । काम गर्ने जोश जाँगर थपिनेछ । आर्थिक पक्ष बलियो रहँदा नवीन लगानिको अवसर समेत मिल्ने देखिन्छ ।
मकर
मकरपुराना समस्या हल हुनेछन् । स्वास्थ्यमा सुधार भएर जानेछ । रोकिएका काम कार्यलाई सुचारु गर्न सकिनेछ । मांगलिक कार्यमा सहभागी हुन पाइनेछ । आकस्मिक धन लाभको योग बनेको छ ।
कुम्भ
कुम्भअनावश्यक कार्यमा भुल्दा गर्नैपर्ने काम कार्य अधुरै रहनेछन् । शारीरिक आलस्यताले सताउनेछ । सञ्चित धन खर्च गर्नु पर्दा नैराश्यता छाउनेछ । दैनिक कार्यमा नै व्यस्थ रहनु उचित हुनेछ ।
मीन
मीनकार्य क्षेत्रमा नयाँ परिवर्तन आउनेछ । प्रेम प्रसंग चल्नेछ । श्रीङ्गारिक कार्यमा मन जानेछ । उच्चस्तरीय व्यक्तिसँग सम्पर्क रहनेछ । धार्मिक आस्था जाग्नेछ । वित्तीय पक्ष समेत बलियो रहने देखिन्छ ।

Leave A Reply

Your email address will not be published.