Rashtriya Yuva Jagaran
Online Digital News

पत्रकार महासंघको आन्दोलनप्रति ऐक्बद्धता जनाउँदै स्वतन्त्र पत्रकार संघले जारी ग¥र्यो विज्ञप्ति

आज कार्यस्थलमा कालोपट्टि बाँध्ने र सबै तहबाट सम्बन्धित पक्षसँग बृहत छलफल गर्ने

विराटनगर, ०१ जेठ २०७६ । नेपाल सरकारले पत्रकारमाथि अंकुश लगाउन अनेकन प्रकारका कानुन ल्याएको विरोधमा स्वतन्त्र पत्रकार संघले समेत ऐक्यबद्धता जनाउँदै मंगलबार प्रेस विज्ञप्ति जारी गरेको छ । संघको केन्द्रीय कार्यालय पोखराबाट जारी विज्ञप्तिमा अध्यक्ष केबी मसालद्वारा हस्तान्क्षरित प्रेस विज्ञप्तिमा भनिएको छ– नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित भई संसदमा वैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका प्रावधानप्रति स्वतन्त्र पत्रकार संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । विज्ञप्तिमा सरोकारवालाहरुसँग छलफलै नगरी पत्रकारितामाथि अंकुश लगाउने गरी ल्याइएको ठहर संघले गरेको जनाएको छ । स्वतन्त्र पत्रकार संघ नेपाल उक्त विधेयक तत्काल फिर्ता ल्ईि सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधाचनको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मानयताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकरासँग जोडदार माग गर्दछ भनिएको छ ।
विज्ञप्तिमा सम्मानित सर्वोच्च अदालतले समेत कार्यान्वयनको लागि निर्देशन जारी गरिसकेको समानुपातिक विज्ञापन नीति तत्काल लागु गर्नसमेत माग गरेको छ । साथै संसदमा विचाराधिक अवस्थामा रहेका विज्ञापन सम्बन्धी ऐन र सूचना प्रविधि सम्बन्धी ऐनमा प्रेस स्वतन्त्रता विरोधी दफा सच्याउन समेत माग गरेको छ । मस्यौदा हुँदै गरेका आम सञ्चार ऐन र सार्वजकि सेवा प्रशारण ऐनका सम्बन्धमा सबै सरोकारवाला पक्षसँग छलफल र सहमति कायम गर्न पनि आग्रह गर्दछ । विज्ञप्तिमा सञ्चार संस्थाहरुको छाता संगठन नेपाल पत्रकार महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सबै शाखा सदस्यहरुलाई आन्दोलनमा सहभागी हुन आब्ह्वान समेत गरेको छ ।
सरकारले पत्रकारमाथि विभिन्न ऐन र कानुन ल्याएर नियन्त्रण गर्ने उद्देश्यले अगाडि बढेपछि पत्रकारहरु चरणबद्ध आन्दोलनमा रहेका छन् । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै पत्रकार महासंघको अगुवाईमा अगाडि बढेका सञ्चार संस्थाहरु मन्त्रीपरिषद्बाट पारित भई संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनको विरोधमा दैनिक विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।
सोही कार्यक्रम अन्तर्गत आज देशभर कालोपट्टि लगाएर काम गर्न र सबै तह र तप्काबाट सरोकारवाला पक्षसँग बृहत छलफल कार्यक्रम आयोजना जनाएको छ ।
यसैगरी जेठ ३ गते काठमाडौंमा संसद बाहिर र जिल्लाहरूका सदरमुकाममा सञ्चार साधनसहित बृहत प्रदर्शन गर्ने । यसैगरी मोरङ, सुनसरी झापा, धनकुटालगायत १ नम्बर प्रदेशमा पत्रकार महासंघले सोही बमोजिम विरोधका कार्यक्रम गर्ने गरी सबैलाई उपस्थितिको लागि अनुरोध गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.