Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७६ जेठ ०४ गतेशनिबार

भाग्यफलमा जे लेखिए पनि जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं ।

वि.सं. २०७६ जेष्ठ ४ गते, शनिबार (२०१९ मे १८), वैशाखशुक्ल पूर्णीमा (पूर्णिमाब्रत, गाैतमबुद्ध जयन्ती, उभाैली पर्व)

मेष
मेषसहज वातावरणले गर्दा कार्य गर्न सरलताको अनुभव हुनेछ । आत्मियजनसँगको रमाइलो यात्रा होला । व्यवसायबाट सोचे अनुरुप लाभ मिल्दा खुसी भइनेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइएला ।
बृष
बृषअरुको भर नपरी आफ्नै एकल प्रयासले गरेका कार्यमा सफल भइनेछ । रोकिएको वित्तिय कारोवारलाई सचारु गर्न सकिनेछ । मेलमिलापको वातावरणे गर्दा विवादित कार्य समाधान हुनेछ ।
मिथुन
मिथुनपढाइलेखाइ एवं प्रतिभाका कार्यमा अग्रस्थानमा आइनेछ । पारिवारिक सहयोग पाइनेछ । सोच्न सक्ने क्षमताको विकास हुनेछ । शुभ समाचार सुन्न पाइनेछ । आकस्मिक लाभले फरुंग भइनेछ ।
कर्कट
कर्कटकर्कटकष्टकर यात्रा होला । विना तयारी कार्य थाल्दा अनावश्यक खर्चभार थपिनेछ । सही निर्णय लिन गाह्रो पर्नेछ । चिन्ता, पीरले सताउनेछ । कुनै कार्य थाल्नु पर्दा मातृपक्षको साथ, सहयोगले थाल्नु शुभ हुनेछ ।
सिंह
सिंहपराक्रम भावको चन्द्रमाले विविध लाभ दिलाउनेछ । साझेदारी कार्यको शुरुवाती हुनेछ । सहयोगीहरुको साथ, समर्थनले विशेष कार्यको आरम्भ हुनेछ । स्थान, मान प्राप्तिको योग बनेको छ ।
कन्या
कन्याअल्छि गर्ने बानीले अवसर गुम्न सक्छ, जागरुकताका साथ कार्यमा लाग्नु होला । आर्थिक पक्षमा भने सुधारको संकेत देखिन्छ । व्यवसायमा गरेको नयाँ लगानिले भविष्यसम्म लाभ लिन पाइनेछ ।
तुला
तुलाकाम गर्ने कलाको प्रशंसा हुनेछ । प्रशंसकहरु थपिनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । सामाजिक कार्यबाट सम्मान मिल्नेछ । छुट्टै पहिचान स्थापित गर्न सकिनेछ ।
वृश्चिक
वृश्चिकविश्वास गरेका व्यक्तिले धोका दिनेछन् । ढिलासुस्तिले गर्दा महत्वपूर्ण अवसर फुत्कनेछ । विपक्षीले दुःख दिने छन् । अध्ययनमा भन्दा बाहिरी कुरामा ध्यान जानेछ । आर्थिक पक्ष कमजोर बन्नेछ ।
धनु
धनुनयाँ तौर–तरिकाको प्रयोगले व्यवसायमा आयदर बढ्नेछ । वक्तव्य कलाको प्रशंसा पाइनेछ । आशमारेको धन हात पर्दा खुसी भइनेछ । काम गर्ने जोश जाँगर थपिनेछ । धर्मकर्ममा मन जानेछ ।
मकर
मकरआफ्नो अधिकार स्थापित गर्न सकिनेछ । अघिदेखिका अपूरा काम कार्य सम्पादन गर्न गरिने छ । पारिवारिक मेलमिलापको वातावरण बन्नेछ । अध्ययनमा चासो रहनेछ । जिम्मेवारी थपिनेछ ।
कुम्भ
कुम्भभाग्यले साथ दिँदा थालेका अधिकांश कार्यमा सफल भइनेछ । सकारात्मक सोच विचार रहनेछ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउँदा कार्य गर्न सहज हुनेछ । पदप्रतिष्ठा मिल्नेछ ।
मीन
मीनहचुवाको भरमा निर्णय लिँदा समस्यामा परिनेछ । आर्थिक लेनदेनमा विवाद एवं घाटा व्यहोर्नु पर्ला । गोपनियता बाहिरीँदा समस्यामा परिनेछ । दैनिक काम कार्यमा नै व्यस्थ रहनु उचित हुनेछ ।

Leave A Reply

Your email address will not be published.