Rashtriya Yuva Jagaran
Online Digital News

पाँचथर हत्याकाण्डको आशंकामा रहेका व्यक्तिको शव झुण्डिएको अवस्था फेला

पाँचथर, ०७ जेठ २०७६ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा गएराति भएको पारिवारिक नसंहार हत्याकाण्डमा अनुसन्धान भईरहेकाबेला एक युवक रुखमा झुण्डिएर हत्या गरेको भेटिएको छ ।
ससुरा बमबहादुर र साढुभाइ शेर्मा परिवारका ९ जनाको हत्या गरिसकेपछि मानबहादुरले पनि घटनास्थल नजिकै झुण्डिएर हत्या गरेको हुन सक्ने शंका प्रहरीको रहेको छ ।
घटना भएको केही घण्टापछि नजिकैको रुखमा झुण्डिएको अवस्थामा हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिम रहेको प्रहरीले जनाएको छ ।
घटना भएको खबर पाउने वित्तिकै अनुसन्धान तथा हत्याराको खोजिमा लागेको सुरक्षा निकायबाटै झुण्डिएको अवस्थामा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालयका पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
आरुबोटेमा सोमबार राती दुई परिवारको नौ जनाको हत्या भएको थियो । घटनास्थलबाट एक १२ वर्षीया बालिका भने भागेर बाँच्न सफल भएकी थिइन् ।
यो हत्यालाई हप्ता दिन अघिको नुनमा सिसा मिसाइएको घटनासँग जोडेर हेरिएको छ। हत्या गरिएका मध्ये मुना शेर्मा, मनकुमारी फियाकले हप्तादिन अघि नै खाएको खानामा सिसायुक्त नुन मिसिएको पाइएको थियो। उनीहरू बिरामी परेपछि सिसायुक्त खाना खाएको फेला परेको थियो।
नुनमा सिसा कसले राख्यो भन्ने विषयमा प्रहरी टुंगोमा नपुग्दै दुइजानाका परिवारै मारिएका छन्।
आरुबोटेमै सञ्चालित ढाका बुनाइ तालिममा सहभागी भएका उनीहरूले खाजामा राखिएको नुनमा मिसाइएको सिसा खाएको प्रहरी अनुमान थियो। उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीले माखिमले नै नुनमा सिसा मिसाएको शंका गरे पनि पक्राउ भने गरिसकेको थिएन।– सेतोपाटीले समाचारमा उल्लेख गरेको छ ।
घटनामा धनराज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको थियो । हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको छ । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनको दमकमा उपचार भइरहेको छ ।
सीताले मुखुण्डो लगाएको एक व्यक्ति प्रवेश गरि धारिलो हतियार प्रहार गरेर आक्रमण गरेको बताएकी छन् । प्रहरीको प्रराम्भिक अनुसन्धानले पनि घटनामा एक जनाको मात्र संलग्नता रहेको देखाएको छ ।
सीताले मुखुण्डो लगाएका एक व्यक्ति आएर आक्रमण गरेको भन्नू, बमबहादुरका ज्वाइँको शव फेला पर्नुले केही न केही नेक्सस रहेको प्रहरीको आशंका छ ।
यीनै आधारमा प्रहरीले सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रारम्भिक निचोड पनि निकालेको छ । आत्महत्या गरेका मानबहादुरको ससुरालीमा राम्रो सम्बन्ध नभएको स्थानीयले प्रहरीलाई बताएका छन् । घाइते सीताको बयानका आधारमा प्रहरीले पनि मानबहादुरमाथि नै बढी दृष्टि लगाएको थियो । उनको खोजी सुरु गरेको प्रहरीले आत्महत्या गरेको अवस्थामा शव फेला पारेको छ । अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), संघीय इकाइ प्रहरी कार्यालय कोसी, प्रहरीको प्रदेश १ को टोलीले घटनाको अनुसन्धान गरिरहेका छन् । घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.