Rashtriya Yuva Jagaran
Online Digital News

भोजपुरमा प्रहरी टोलीको जवाफी कारवाहीमा विप्लवका कार्यकर्ता घाइते

भोजपुर, ०७ जेठ २०७६ ।  सुराकीको आधारमा आतंककारी खोज्दै हिंडेको सुरक्षाकर्मी माथि आक्रमण भएपछि जवाफी कारवाहीमा विप्लवका कार्यकर्ता घाइते भएको भोजपुर प्रहरीले जनाएको छ ।
भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुम क्षेत्रको धोद्रे भन्ने ठाउँमा नेकपा माओवादी विल्पवका कार्यकर्ताले गोली चलाएपछि जवाफी कारवाहीमा विप्लव कार्यकर्ता घाइते भएको जिप्रका भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसिले बताए।
सुराकीको आधारमा खोजि गर्दै पुगेको भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोली माथि विप्लवका कार्यकर्ताले गोली चलाउन खोजे पछि जवाफि फायरमा एक जना विप्लव कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ। गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेका तिर्थराज घिमिरे गम्भिर घाइते भएका छन्। खुट्टामा गोली लागेका उनलाई उपचारको लागि धरान रेफर गरिएको छ।
प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल, पाँच राउन्ड गोली, एक थान वाइनाकुलर र चार थान डेटोनटर बरामद गरेको इन्सपेक्टर राजवंसीले बताए। धोद्रेमा गोलीचलेको आवाज सुनेको स्थानीयवासिले बताएका छन्।

Leave A Reply

Your email address will not be published.