Rashtriya Yuva Jagaran
Online Digital News

खेलकुद मैदानमा गलत संस्कारको विकास

रायुजा संवाददाता
विराटनगर, ११ जेष्ठ २०७६ । प्रदेश १ को राजधानी विराटनगरमा १४ वर्ष मुनिका बालबालिकाहरुका निम्ति शुक्रबार आयोजित उपराष्ट्रपति चिल्ड्रेन गेम्सको सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेर खेलको प्रारम्भ गरे । तर उक्त प्रतियोगिताको उद्घाटन खेल ‘खेलकुद’ का लागि नभएर विवादका लागि झै भयो । तेक्वान्दोसँग आवद्ध दुई संघका पदाधिकारीहरुले खेल मैदानलाई रणभूमि बनाइदिए । त्यसबेला त्यहाँ खेल खेलेर भाग्य र भविष्य निर्धारण उपस्थित भएका तमाम कलिला बालबालिकाको दिमागमा कस्तो असर प¥र्यो होला । यस्तो दृश्य देखेका बालबालिकाले अनुशासन कसरी सिक्लान ? अर्थात उनीहरुभित्रको प्रतिभाको खोजी पनि भएकाले त्यस्ता गतिविधि कस्ता प्रतिभाहरु निस्केलान ? भन्ने प्रश्न उब्जाएको छ । अर्कोतिर खेलकुदबाट अनुशासन पनि सिकाइन्छ तर यहाँ लडेर, भिडेर, एउटा छुट्टै छवि र पहिचान बनाएकाहरु फरक फरक संघको नाममा, झुण्डको नामबाट खेलकुद मैदानलाई रणभूमि बनाउनु कति न्यायोचित वा कति जिम्मेवार होला ? सोचनिय बनेको छ ।
वैधानिक तेक्वान्दो संघहरु राष्ट्रिय तेक्वान्दो संघ र नेपाल तेक्वान्दो संघका पदाधिकारी र सदस्यहरु उक्त खेलकुद मैदानमा खेललाई नै प्रभावित बनाउने गरी कुटाकुट गरेका थिए । कारण थियो रेफ्रि । आयोजकले खेलकुद उद्घाटन गर्नु अगाडि नै स्वतन्त्र, निष्पक्ष, इमान्दार र प्रतिबद्ध रेफ्रि छनौट गरेर खेल मैदानमा उतार्नु पर्नेमा खेलकुदको उद्घाटन भईसकेपछि रेफ्रिको खोजी गर्नु आयोजकको सफलता कि असफलता ?
किनकी कुटाकुट भएपछि राष्ट्रिय तेक्वान्दो संघले खेलमैदान छोडेको छ । अब प्रतियोगिताको भविष्य के हुने ? यसको जिम्मेवारी कसले लिने ? आयोजक कि खेलकुद संघ ?
१ नम्बर प्रदेश खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा नेपाल तेक्वान्दो संघले एकलौटी रुपमा रेफ्रि राखेको आरोप लागेको छ । रेफ्री सहभागिताकोे विषयमा भएको विवाद बढेपछि हात हालाहालकोे अवस्थामा पुुुगेको हो ।
राष्ट्रिय तेक्वान्दो संघका मोरङ संयोजक पितम्बर पौडेल संघले आफ्ना रेफ्रीहरुमाथि हातपात गरेको बताउछन् । प्रदेश खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा नेपालबाट ७ र राष्ट्रिय संघ तीन जना रेफ्री राख्ने सहमति भएको थियो ।

Leave A Reply

Your email address will not be published.