Rashtriya Yuva Jagaran
Online Digital News

बाल गायक इटहरी उपमहानगरपाकिलाको सद्भावना दुत घोषित

युवा जागरण संवाददाता
इटहरी, २७ जेठ २०७६ । भारतीय टेलिभिजन जिटिभीले आयोजना गरेको सारेगमप लिटल च्याम्पसबाट सेकेण्ड रनरअप भएका प्रितम आचार्यलाई सोमबार इटहरीबासी, बुद्धिजीवि, उपमहानगर, नागरिकसमाजलगायतको सहभागितामा काँडभिट्टाबाट भव्य स्वागतका साथ घरमा भित्रिएका बाल गायक आचार्यलाई मंगलबार एक कार्यक्रमबीच सम्मानसहित इटहरी उपमहानगरपालिकाको बाल सद्भावना दुत घोषित गरेको छ।

आज एक कार्यक्रमका विच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले वाल सदभावना दुत घोषणा गरिएको पत्र प्रदान गरिन् । प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरेको उक्त कार्यक्रममा बोल्दै उपप्रमुख तथा कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद प्रशंसित मुद्रामा धन्यवाद दिइन् ।
गौतमले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत वनाउने तयारी भइरहेको जानकारी समेत द्यिइन् । यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले प्रितमको प्रगतिको कामनागरेका थिए । वालगायक प्रितम आर्चायले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पु¥याएको सर्पोट र माया प्रति धन्यवाद दिए ।
सयअघि भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा प्रदान र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर एक भव्य कार्यक्रमबीच विदाई गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.