Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७६ जेठ २९ गते बुधबार

पूपूरोमा जे लेखिए पनि जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं ।

वि.सं. २०७६ जेष्ठ २९ गते, बुधबार (२०१९ जुन १२)

ज्येष्ठशुक्ल दशमी

मेष
मेषमेषदृढ भएर कार्यमा लाग्दा समस्यालाई हल गर्न सकिनेछ । व्यवहारिक पक्ष सबल रहनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्दा सन्तोष मिल्नेछ । दूरदर्शी सोचाई रहनेछ । आत्मियजनसँगको मिलन हुनेछ ।
बृष
बृषपढाइलेखाईमा मन जानेछ । गरेका काम कार्यबाट आत्मसन्तोष मिल्नेछ । पारिवारिक सहयोग मिल्नाले महत्वपूर्ण कार्यको थालनि हुनेछ । सन्तानको प्रगतिले आनन्द लाग्नेछ । आर्थिक पक्ष समेत सवल रहला ।
मिथुन
मिथुनसानातिना कार्यमा भूल्दा महत्वपूर्ण अवसर फुत्कनेछ । स्वास्थ्य समस्याले गर्दा लक्ष्यमा पुग्न गाह्रो पर्नेछ । अवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले समस्यामा परिनेछ । नयाँ लगानि एवं टाढाको यात्रा शुभ देखिन्न ।
कर्कट
कर्कटसमस्यामा दाजुभाईको सहयोग मिल्नाले अघि बढ्न सहज हुनेछ । सकारात्मक कार्यको थालनिले गर्दा धेरै व्यक्तिको साथ सहयोग मिल्नेछ । प्रेम प्रसंग चल्नेछ । नयाँ स्थानको भ्रमणको योग बनेको छ ।
सिंह
सिंहद्विस्वभाव युक्त सोचाईका कराण अलमलमा परिन सक्छ, कुटुम्बको सहयोगले कार्य गर्नुहोला । अचल सम्पत्तिमा गरेको लगानिले भविष्यसम्म लाभ लिन पाइनेछ । बोलिको कदर हुनेछ । शुभ खबर मिल्नेछ ।
कन्या
कन्याआत्मकारक ग्रहको प्रभावले गर्दा महत्वपूर्ण जिम्मेवारी मिल्नेछ । ठूला व्यक्तिसँग सम्बन्ध विस्तार होला । व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ । सहज परिस्थिति बन्ला ।
तुला
तुलाआम्दानीको तुलनामा खर्चको मात्रा बढी हुँदा तालमेल मिलाउन गाह्रो पर्नेछ । शारीरिक आलस्यताले गर्दा काम कार्य गर्न असहज हुनेछ । साथीभाईसँग वैचारिक मतभेदले गर्दा विवादको स्थिति सृजना होला ।
वृश्चिक
वृश्चिकमनमा शान्तिको अनुभूति हुनेछ । सानो लगानिले नै धेरै लाभ उठाउन सकिनेछ । गुमेको धन हात पर्दा खुसी लाग्नेछ । रोकिएका वित्तीय कारोवार सुचारु हुनेछन् । बन्धुवान्धवसँगको रमाइलो भेट होला ।
धनु
धनुकर्म भाव खुलेको छ । सकारात्मक सोच विचारको उदय हुनेछ । सरकारी क्षेत्रका अपूरा काम कार्यले स्थान पाउने छन् । मांगलिक कार्यको निम्तो पाइनेछ । नयाँ कार्यको संझौता हुनेछ । इच्छाशक्ति बढ्नेछ ।
मकर
मकरकल्याणकारी कार्यमा सहभागी हुन पाउँदा आनन्द लाग्नेछ । आकस्मिक धनलाभको योग बनेको छ । भाग्यले साथ दिँदा थालेका अधिकांश कार्यले स्थान पाउने छन् । सान्दर्भिक कार्यको थालनि गरिनेछ ।
कुम्भ
कुम्भगोपनीयता बाहिरीँदा विपक्षीले फाइदा उठाउने छन् । दैनिक काम कार्यमा समेत बाधा अड्चन आउने छन् । आर्थिक लेनदेनमा विवाद बढ्नेछ । मन अशान्त रहला । अग्रजको सल्लाहमा कार्य गर्नुहोला ।
मीन
मीनविपरित लिंगीको सहयोगले कार्य बन्ने छन् । साझेदारी कार्यबाट उचित लाभ मिल्नेछ । श्रृंगारिक कार्यमा मन जानेछ । प्रियजनसँगको रमाइलो पल रहला । शैक्षिक क्षेत्रमा समेत प्रगतिको संकेत देखिन्छ ।

Leave A Reply

Your email address will not be published.