Rashtriya Yuva Jagaran
Online Digital News

मुख्यमन्त्री दलितसँग विवाह गर्न तयार रहे खोटाङका दलित लमी बन्न तयार

युवा जागरण संवाददाता
खोटाङ । ‘छुवाछुतमुक्त समाजका लागि १ नम्बर प्रदेशको अभियान’ अन्तर्गत जिल्ला समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालय खोटाङको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी ४ खाल्लेमा दलित र गैरदलित समुदायबीच सहभोजको आयोजना गरिएको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले परिवर्तन आफैबाट सुरु गर्नुपर्ने बताएका थिए । कार्यक्रममा आफ्नो विचार राख्दै नेकपाका स्थानीय नेता तथा दलित अगुवा चर्च बहादुर बिकले १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले दलित कन्यासँग विवाह गरेर प्रदेश सरकारको यो अभियान सफल पार्न सुझाव दिँदै मुख्यमन्त्रीले दलित कन्यासँग विवाह गर्ने भए आफू लमी बन्ने र कन्या खोजि दिन तयार रहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको थियो । जातिय विभेद अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सहभोगको आयोजना गरिएको जिसस प्रमुख चाम्लिङले बताए ।

Leave A Reply

Your email address will not be published.