Rashtriya Yuva Jagaran
Online Digital News

खोटेहाङ गाउँपालिका वडा नं. ७ को वडा कार्यालय उद्घाटन, जेष्ठ नागरिक सम्मानित

खोटाङ, २९ जेठ २०७६ । खोटाङको खोटेहाङ्ग गाउपालिका ७ नम्बर वडा कार्यालयको भवन उद्घाटन भएको छ । नेकपा केन्द्रीय सदस्य तथा संघीय सांसद विशाल भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा जेष्ठ नागरिक सम्मान एबम परिचयपत्र बितरण कार्यक्रम समेत सम्पन्न गरेको छ । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रदिप राई, उपाध्यक्ष कविता राई नेकपा नेताहरू राजन बन्जारा, राजन ढकाल, नेपाली काङ्ग्रेसका कुमार उदास, शिक्षक महासघ खोटाङका अध्यक्ष तथा भगवती दिनानाथ माबिका प्रधानाध्यापक कुमार पराजुली, गाउँपालिकाका कार्यकारी अधिकृत हरि भट्टराई , वडा नम्बर ८ का वडाअध्यक्ष चन्द्र बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि भट्टराईले मुलुकका करिब २५ लाख नागरिकहरुले कुनै न कुनै रूपमा सामाजिक सुरक्षा भत्ता पाइरहेका र सरकारले ५ बर्ष भित्र जेष्ठ नागरिक भत्ता ५ हजार पु¥याउने योजना बमोजिम सरकार अगाडि बढिरहेको बताए । कार्यक्रममा सम्बोधन गर्दै नेता भट्टराईले जिल्लाको बिकास निर्माण लागि आफु प्रतिबद्ध रहेको र जनताका बिचमा गरेका प्रतिबद्धता पुरा गरेरै छाड्ने प्रतिबद्धतामाथिको प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष शिब फुयालले वडामा ४७ पुरुष र ६४ महिला सहित १ सय ११ जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता लिने गरेको र राज्य कोषबाट पेन्सन लिने समेत गरी वडामा करिब १ सय ५० जना ७५ बर्ष माथिका जेष्ठ नागरिक रहेको बताइउको छ । उक्त कार्यक्रममा आयोजित स्वास्थ्यशिविरबाट १ सयकै हाराहारीमा लाभान्वित भएका र त्यतिनै संख्याका जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको छ । उद्घाटित उक्त वडा कार्यलय भवन निर्माणका लागि गाउपालिकाले ४० लाख खर्चेको छ ।

Leave A Reply

Your email address will not be published.