Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७६ जेठ ३२ गते शनिबार

पूपूरोमा जे लेखिए पनि जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं ।

वि.सं. २०७६ जेष्ठ ३२ गते, शनिबार (२०१९ जुन १५), ज्येष्ठशुक्ल त्रयाेदशी (जेष्ठनागरिकमा दूर्व्यवहार विरूद्धकाे दिवस)

मेष
मेषसोचे अनुरुप कार्य नबन्दा नैराश्यता छाउनेछ । स्वास्थ्य कमजोर बन्नेछ । विश्वास गरेका व्यक्तिले धोका दिन सक्छन्, सजक रहनु होला । आर्थिक कारोवारमा समस्या उत्पन्न हुनेछ । चिन्ता बढ्नेछ ।
बृष
बृषपतिपत्नी बिचको सम्बन्ध प्रगाढ रहनेछ । विशिष्ट कार्यको जिम्मेवारी मिल्नेछ । ऐतिहासिक कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ पाइनेछ । उत्साह उमंग छाउनेछ । मन मिल्ने व्यक्तिसँग भेट हुनेछ ।
मिथुन
मिथुनसामान्य झमेला आइलागे तापनि दृढताका साथ कार्यमा लाग्नुहोस्, जित तपाईँको नै हुनेछ । आर्थिक पक्ष बलियो नै रहनेछ । विपक्षी समेत मेलमिलापमा आउन बाध्य हुनेछन् । समर्थकहरु बढ्ने छन् ।
कर्कट
कर्कटअघिदेखिका समस्या हल भएर जानेछन् । स्वास्थ्यमा सुधार हुनेछ । बौद्धिक क्षमताको बृद्धि विकास हुनेछ । मानसिक क्षमताको कदर हुनेछ । शत्रू पक्ष कमजोर बन्ने छन् । भोजभतेरको निम्तो पाइनेछ ।
सिंह
सिंहदैनिक गर्दै आएका कार्यमा समेत समस्या सृजना हुनेछ । आफन्तजनसँग नै विवाद होला । असन्तोषी प्रवृत्तिले सताउनेछ । श्रमको सही मूल्यांकन मिल्ने छैन । मातृ पक्षको साथ सहयोगले कार्य गर्नुहोला ।
कन्या
कन्यासाथीसंगीसँगको रमाइलो जमघट हुनेछ । पराक्रम बढेर जानेछ । कृषि एवं बन्दव्यापारमा लाग्ने व्यक्तिहरुका लागि आजको दिन विशेष लाभकारक रहनेछ । सृजनात्मक कार्यमा मन रमाउला । हर्ष बढ्नेछ ।
तुला
तुलाद्वितीय भावमा स्थित चन्द्रमा ग्रहका प्रभावले अलमलको वातावरण बन्न सक्छ, पूर्व तयारीका साथ कार्यमा लाग्नु होला । अचल सम्पत्तिमा गरेको लगानिले दिगो रुपमा लाभ लिन पाइनेछ । मन खुसी रहला ।
वृश्चिक
वृश्चिकसमय सुधारोन्मुख रहेको छ । मान्यजनसँग सहकार्य गर्ने अवसर मिल्नेछ । बोलिकै भरमा ठूला ठूला कार्य बन्ने छन् । शैक्षिक क्षेत्रमा चासो रहनेछ । भौतिक सुख सुविस्ताका साधनहरु जुट्ने छन् ।
धनु
धनुआम्दानिको तुलनामा खर्चको मात्रा ज्यादा हुँदा तालमेल मिलाउन गाह्रो पर्नेछ । असन्तोषी प्रवृत्ति रहनेछ । व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण अवसर फुत्कनेछ । टाढाको यात्रा कष्टकर रहला । संयम रहनु पर्नेछ ।
मकर
मकरआय मूलक कार्यमा ध्यान जानेछ । सानो लगानिले नै धेरै लाभ मिल्दा, हर्ष बढ्नेछ । अवसरहरुहले पछ्याउने छन् । नयाँ मित्र बनाइनेछ । सुखसुविस्ताका साधनहरु जुट्ने छन् । आकस्मिक लाभ हुनेछ ।
कुम्भ
कुम्भविश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी मिल्नेछ । आत्मबल आत्मविश्वास थपिनेछ । विशिष्ट व्यक्तिसँग सम्पर्क बढ्नेछ । शैक्षिक क्षेत्रमा उन्नतिको संकेत देखिन्छ । आर्थिक पक्ष बलियो रहँदा लगानि गरिनेछ ।
मीन
मीनअवसर प्राप्तिको योग बनेको छ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । परोपकारी कार्यमा सहभागी भइनेछ । रोकिएका वित्तिय कारोवारले गतिलिने छन् । स्वास्थ्यमा सुधार होला । जिम्मेवारी बढ्नेछ ।

Leave A Reply

Your email address will not be published.