Rashtriya Yuva Jagaran
Online Digital News

ठूलै राशिको राष्ट्रिय स्तरको आईपिएल र प्रदेश स्तरको एपिएल इटहरीमा आवश्यक : सदस्यसचिव विष्ट

आज होराइजन क्रिकेट क्लब विराटनर र बेलबारी क्रिकेट क्लब बेलबारीबीच साँझ ६ः३० बजेबाट सुरु

इटहरी उपमहानगरले अगाडि सारेको जनता क्रिकेट पार्कलाई क्रिकेट स्टेडियमको रुपमा अगाडि बढाउन राखेप तयार रहेको उद्घोष

प्राथमिकतापूर्वक अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला ३५ विगाहा जग्गामा बनाउने योजना रहेको र इटहरी उपमहानगरको रहेको इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमको भर्ना । बताईन् । उपमेयर गौतमले जनता खेल मैदानलाईलाई जनता क्रिकेट पार्कको रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त ।


युवा जागरण संवाददाता
इटहरी, ३२ जेठ २०७५ । प्रदेश नम्बर १ कै शानको रुपमा शुक्रबार जनता पार्कको खेल मैदानमा आयोजित रात्रिकालिन एरिना प्रिमियर लिग टि–२० प्रतियोगिताको भव्य कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले उद्घाटन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव विष्टले इटहरीको ग्राउण्डमा राष्ट्रिस्तरका खेलाडीहरु उतारेर राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना होस् भन्ने चाहना आफूले पालेको र ति प्रतियोगितामा उत्रिएका राष्ट्रिय खेलाडीबाट यहाँका खेलाडीले नयाँ कुरा सिकुन, यहाँका भाईबहिनीहरुमा रहेको क्रिकेट प्रतिको मोह अझ माथि उठेर त्यस्ता प्रतिभाहरुलाई माथि उठाउन सकिने भन्ने थियो जुन कुरा अब पुरा हुँदै जानेछन् । अहिलेसम्म इटहरीमा अण्डर १९ को राष्ट्रिय खेलकुद बाहेक अर्को राष्ट्रिय स्तरको प्रतियोगिता गर्न नसकेको अवस्था रहेको समेत विष्टले औंल्याए । अब आइपिएल (इटहरी प्रिमियर लिग) इटहरीमा हुन आवश्यक रहेको औंल्याउँदै विष्टले त्यसको योजना आफुले बनाईरहेको बताए । उनले भने–अब धनगढी, पोखरा मात्र नभएर इटहरीमा पारस खडका जस्ता खेलाडी उतार्न ठूलो पुरस्कार राशि भएको प्रतियागिता आयोजना गर्नुपर्छ यहि वर्षबाट गर्नुपर्छ भन्ने सोच बनाउँदा बनाउँदै एरिना टेलिभिजनको प्रयासमा आयोजिन एपिएललाई नै आगामी वर्षबाट राष्ट्रिय स्तरको प्रतियोगितामा रुपान्तरण गर्नुपर्ने बताए । विष्टले खेलकुदको प्रशंसा गर्दै भने– यो अत्यन्तै सह्रानीय काम भएको भएको छ । उदाहरणीय काम भएको छ । यद्यपि सुरुआतको प्रतियोगिता भएकोले यसमा सन्तोष मान्नुपर्ने तर यहाँ अझै धेरै पूर्वाधारको विकास हुन सकेको छैन । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका निम्ति तयार पारिएको यस स्थलमा अहिले प्रत्येक दिनजसो खेलकुद भईरहेका छन् जसमा आज एपिएल क्रिकेट प्रतियोगिता हुँदैछ जुन खेलकुद मैदान राष्ट्रिय खेलकुद परिषद्ले लगानी गरेर तयार गरेको हो । जुन ग्राण्उड क्रिकेटका निम्ति नेपालकै उत्कृष्ट ग्राउण्डमा पर्ने पारस खड्काले भनेको उदृत गर्दै सदस्यसचिव विष्टले बताए । विष्टले भने– यस स्थललाई उपमेयरले जनता क्रिकेट पार्कको रुपमा विकास गर्ने कुरालाई साथ दिँदै यदि उपमहानगरले यस पार्कलाई क्रिकेट स्टेडियमको रुपमा अगाडि बढाउन प्रस्ताव गर्छ सो अनुसारको कार्ययोजना अगाडि सार्छ भने राष्ट्रिय खेलकुद परिषद् त्यसलाई क्रिकेट स्टेडियमको रुपमा अगाडि बढाउन तयार रहेको उद्घोष समेत गरे ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमले प्राथमिकतापूर्वक अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला ३५ विगाहा जग्गामा बनाउने योजना इटहरी उपमहानगरको रहेको बताईन् । उपमेयर गौतमले जनता खेल मैदानलाई जनता क्रिकेट पार्कको रुपमा विकास गरिने उद्घोष गरिन् ।
एरिना टेलिभिजनको आयोजना आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि राखेप सदस्य सचिव विष्ट रहेका थिए भने विशिष्ट अतिथि माननीय सांसद सर्वध्वज साँवा, इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमलगायत इटहरीका विशिष्ट भद्रभलादमी, समाजसेवी, खेलकुद क्षेत्रका विज्ञताहरुको आतिथ्यता रहेको थियो । एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्कीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन सत्रमा विन्दवासिनी बोर्डिङ स्कुलका कक्षा ९ का छात्रहरुले नृत्य गरी प्रतिभा देखाएका थिए । खेलाडी, खेलप्रेमी, इटहरीका स्थानीयबासी, विभिन्न विद्यालयका छात्रछात्राहरु, मिडियाकर्मी, समाजसेवी, बुद्धिजीवि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसमेतको उपस्थितिरहेको थियो । उद्घाटनका अवसरमा मैत्रिपूर्ण खेल एरिना च्यालेञ्ज र इनरुवाबीच भएको थियो । आज होराइजन क्रिकेट क्लब विराटनर र बेलबारी क्रिकेट क्लब बेलबारीबीच साँझ ६ः३० बजेबाट सुरु हुँदैछ । सो प्रतियोगिताको विजेताको राशि १ लाख रहेको छ ।

Leave A Reply

Your email address will not be published.