Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७६ असार ०१ आइतबार

पूपूरोमा जे लेखिए पनि जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं ।

वि.सं. २०७६ आषाढ १ गते, आइतबार (२०१९ जुन १६), ज्येष्ठशुक्ल चतुर्दशी/पूर्णीमा (पूर्णीमाब्रत)

मेष
मेषआफन्तजनसँग तीक्कता उत्पन्न हुनेछ । शारीरिक आलस्यताका कराण काम गर्न मन लाग्ने छैन । गर्नै पर्ने कार्यमा समेत ढिला सुस्तीले गर्दा पछि परिनेछ । आयदर घट्नेछ । लक्ष्यमा पुग्न कडा परिश्रम गर्नुपर्ला ।
बृष
बृषआत्मकारक ग्रहको पूर्णदृष्टि परेको छ । प्रीयजनसँगको रमाइलो भ्रमण हुनेछ । व्यवसायबाट उचित लाभ उठाउन सक्दा हौसला थपिनेछ । अध्ययनमा रुचि बढ्नेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी भइनेछ ।
मिथुन
मिथुनव्यवसायबाट मनग्य नाफा कमाउन सकिनेछ । अघिदेखि अल्झिएर रहेका कार्यले स्थान पाउने छन् । व्यवहारीक पक्ष सबल रहनेछ । नयाँ तौर तरिकाको प्रयोगले गर्दा नाफा दर बढाउन सकिने देखिन्छ ।
कर्कट
कर्कटअध्ययन अध्यापन क्षेत्रमा प्रगतिको संकेत देखिन्छ । पारिवारिक जमघटले मन फुरुड्ड रहनेछ । मित्र मिलन हुनेछ । सन्तानको साथ सहयोगले कार्य बन्ने छन् । सामाजिक पद प्रतिष्ठा मिल्नेछ, खुसीयाली छाउला ।
सिंह
सिंहप्रतिक्षित नतिजामा गिरावट आउँदा नैराश्यता छाउनेछ । नयाँ लगानि त्यत्ति शुभ देखिन्न । झन्झटिला कार्यको सामना गर्नु पर्ला । अध्ययनमा अल्लि जोड दिनु पर्नेछ । मैत्री भावले काम कार्य गर्नुहोला ।
कन्या
कन्यासाझेदारी काम कार्यको सुरुवाती हुनेछ । विपक्षीसँग मेलमिलाप गरेर अघि बढ्दा लाभ मिल्नेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी लाग्नेछ । दाजुभाईको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ ।
तुला
तुलाधन सञ्चय गर्न मन लाग्नेछ । देशदेशान्तरसम्म आफ्नो प्रभुत्व रहनेछ । पढाइमा रुचि जाग्नेछ । घरायसी समस्या हल भएर जानेछ । सामाजिक कार्यबाट जस मिल्नेछ । लगनशिल भएर लाग्नु होला ।
वृश्चिक
वृश्चिकतपाईँको काम गर्ने शैलीले गर्दा धेरै व्यक्तिको प्रशंसा मिल्नेछ । आर्थिक पक्ष सबल रहनेछ । बल, बुद्धिको सही ठाउँमा प्रयोग गर्नाले विशेष कार्य बन्नेछ । स्वास्थ्य ठीकठाक नै रहनेछ । हर्ष बढ्नेछ ।
धनु
धनुअनावश्यक कार्यमा ध्यान दिँदा गर्नै पर्ने कार्य भने अलमलमा पर्नेछ । सञ्चित धन खर्च गर्नु पर्ला । गरिरहेको कार्य छाड्नु पर्दा नैराश्यता छाउनेछ । विपक्षीले दुःख दिने छन् । मान्यजनको सहयोगले कार्य गर्नुहोला ।
मकर
मकरव्यवस्थापन पक्ष सवल रहनेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । इच्छा, आकङ्क्षाहरु थपिने छन् । शैक्षिक क्षेत्रमा उन्नति होला । लामो समयदेखि रोकिएको कार्यले गति लिनेछ ।
कुम्भ
कुम्भकार्य गर्ने वातावरण बन्नेछ । शत्रू पक्ष कमजोर रहलान् । इमान्दारीताको कदर हुनेछ । नयाँ कार्यको थलनि हुनेछ । काम प्रतिको लगनशिलता बढेर जानेछ । बन्धुवान्धवसँगको रमाइलो जमघट होला ।
मीन
मीनभाग्यले साथ दिँदा गरेका काम कार्य एकाएक सफल हुनेछन् । धर्मकर्ममा रुचि बढ्नेछ । नयाँ योजनाहरु रचिने छ । प्रतिष्पर्धात्मक काम कार्यमा अग्रपंक्तिमा आइनेछ । समस्या निराकरण गर्न सकिनेछ ।

Leave A Reply

Your email address will not be published.