रायुजा संवाददाता
विराटनगर । १ नम्बर प्रदेश सरकारले ११ महिनामा बल्ल २९ प्रतिशत मात्र खर्च गरेको देखाएको छ । चालू आर्थिक वर्ष सकिन एक महिना मात्रै रहँदा विकासतर्फ प्रदेश–१ सरकारको बाँकी रकम पनि फ्रिज हुने अवस्थामा देखियो । १ नम्बर प्रदेशको ा.ब. २०७६/०७७ को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएको हो ।
चालू आवका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, जेठसम्ममा जम्मा १० अर्ब ५१ करोड रुपैयाँ मात्रै बजेट खर्च भएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयले पुँजीगततर्फ ५ अर्ब १६ करोड ९३ लाख र चालूतर्फ ५ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ खर्च भएको जानकारी दियो । समग्रमा यो बजेटको २९.४० प्रतिशत हो । प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि बजेट भाषणमा समावेश गरेका धेरैजसो कार्यक्रम कार्यान्वयमा आउन सकेका छैनन् ।

Comment here