Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७६ असार २२ गते आइतबार

पूपूरोमा जे लेखिए पनि जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं ।

वि.सं. २०७६ आषाढ २२ गते, आइतबार (२०१९ जुलाइ ७), आषाढशुक्ल पञ्चमी

— ज्याे. गंगासागर उपाध्याय

मेष
मेषस्वास्थ्यमा सुधार हुनेछ । प्रतिक्षित नतिजामा सफलता मिल्दा हर्ष बढ्नेछ । बन्धुवान्धवसँगको जमघटले मन फुरुङ्ग बन्नेछ । अध्ययन अध्यापन क्षेत्रमा मन जानेछ । गरेका काम कार्यबाट आत्मसन्तोष मिल्नेछ ।
बृष
बृषद्विस्वभाव युक्त सोचाइ रहनेछ । काम गरेर जसभन्दा अपजस व्यहोर्नु पर्ला । आर्थिक कारोवारमा विवाद पर्ला । क्षणिक फाइदालाई हेर्दा महत्वपूर्ण अवसर गुम्नेछ । मातृपक्षको सहयोगले कार्य गर्नुहोला ।
मिथुन
मिथुनदाजुभाईको सहयोगले कार्य बन्नेछ । इच्छा लागेका कार्यमा जानकारी लिई अघि बढ्नुहोस्, समयले साथ दिनेछ । पराक्रम बढेर जानेछ । कृषि क्षेत्रबाट समेत उचित लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ ।
कर्कट
कर्कटसानातिना समस्या आइलागेता पनि बुद्धिमता ढंगले अघि बढ्दा सफल भइनेछ । अचल सम्पत्तिमा गरेको लगानिले भविष्यसम्म लाभ लिन पाइनेछ । वाक् कलाको प्रशंसा हुनेछ । खुसीको खबर मिल्नेछ ।
सिंह
सिंहतपाईँको राशिमा स्थित चन्द्रमा ग्रहका प्रभावले पुराना समस्या हल भएर जानेछन् । नयाँ अवसर मिल्नेछ । विशिष्ट कार्यमा अतिथिको सत्कार पाइनेछ । आत्मियजनसँगको भेटले खुसी भइनेछ ।
कन्या
कन्याव्यवसायमा अरु दिनको तुलनामा केही गीरावट आउनेछ । विश्वास गरेका व्यक्तिले धोका दिनेछन् । कठोर बोलि व्यवहारका कारण बन्नै आँटेका कार्यमा समेत अवरोध सृजना हुनेछ, सजक रहनु होला ।
तुला
तुलालाभ स्थानको चन्द्रमा ग्रहका प्रभावले व्यापार व्यवसायबाट अनपेक्षित लाभ मिल्दा खुसीयाली छाउनेछ । आम्दानीका वाटाहरु बन्नेछन् । आस मारेको धन हात पर्नेछ । नयाँ व्यवसायको सुरुवाति गर्नु शुभ हुनेछ ।
वृश्चिक
वृश्चिकविशिष्ट व्यक्तिसँग सहकार्य गर्न पाइनेछ । नयाँ मित्र बनाइनेछ । अरु दिनको तुलनामा अध्ययनमा रुचि बढ्नेछ । सहकार्य र सृजनशिलताको बृद्धि विकास हुनेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ ।
धनु
धनुसकारात्मक सोच विचार आउनेछ । इमान्दारीताका साथ कार्य गर्दा सफल भइनेछ । धार्मिक एवं राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । अफ्ठ्यारा परिस्थितिको अन्त्य गर्दै नयाँ कार्यको संझौता गर्ने समय रहेको छ ।
मकर
मकरस्वास्थ्यमा एक्कासी समस्या देखापर्नेछ । तपाईँको बोलिको गलत अर्थ लगाउन सक्छन्, सजक रहनु होला । व्यर्थको कार्यमा भुल्दा आर्थिक नोक्सानी हुनेछ । मानसिक चिन्ता, पिर थपिनेछ । दैनिकीमा नै जोड दिनुहोला ।
कुम्भ
कुम्भकाम गर्ने कलाले गर्दा प्रशंसकहरु बढ्ने छन् । सामाजिक कार्यबाट जस मिल्नेछ । स्वास्थ्य ठीकठाक नै रहला । दाम्पत्य सहयोगले कार्य बन्ने छन् । आर्थिक पक्ष बलियो रहँदा लगानिको अवसर मिल्नेछ ।
मीन
मीनछैटौं चन्द्रमा ग्रहका प्रभावले दोमने स्वभाव रहनेछ, मान्यजनको सरसल्लाहमा कार्य गर्दा सफल भइनेछ । श्रमको उचित मूल्यांकन मिल्नेछ । शैक्षिक क्षेत्रमा उन्नतिको संकेत देखिन्छ । कलात्मक कार्यमा मन जानेछ ।

 

Leave A Reply

Your email address will not be published.