Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७६ असार २३ गते सोमबार

पूपूरोमा जे लेखिए पनि जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं ।

वि.सं. २०७६ आषाढ २३ गते, साेमबार (२०१९ जुलाइ ८), आषाढशुक्ल षष्ठी

ज्याे. गंगासागर उपाध्याय

मेषआर्थिक पक्ष मजबुत बन्नेछ । आफन्तजनसँगको रमाइलो पल वित्नेछ । स्वदेश तथा विदेशबाट खुसीको खबर मिल्नेछ । पुराना मित्रसँगको मिलनले प्रफुल्लित भइनेछ । शैक्षिक गतिविधिमा उन्नति हुनेछ ।
बृषअसहज परिस्थितिको अन्त्य हुनेछ । मिहिनेत अनुसारको प्रतिफल मिल्दा काम गर्ने हौसला थपिनेछ । पारिवारिक समस्या हल हुनेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सफल भइनेछ । खुसी बढ्नेछ ।
मिथुनसान्दर्भिक कार्यमा ध्यान पुग्ने छैन । आफ्ना लागि भन्दा अरुका काम व्यवहारमा समय खर्चनु पर्नेछ । शोकप्रद खबरले चिन्तित बनाउनेछ । नयाँ कार्यको थालनिले तनाब मात्र थपिनेछ, सतर्क रहनु होला ।
कर्कटपराक्रम बढेर जानेछ । धेरै क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ । परिश्रमको सही मूल्यांकन मिल्दा काम गर्ने जाँगर थपिनेछ । आकस्मिक धन लाभको योग बनेको छ । हर्षको खबर मिल्नेछ ।
सिंहसामान्य चुनौतिको सामना गर्नु परेता पनि अडिक भएर लागि पर्दा सफल भइनेछ । धन संचय गर्न मन लाग्नेछ । सामजिक पद प्रतिष्ठा मिल्नेछ । बोलिको कदर हुनेछ । अरु दिन भन्दा अध्ययनमा रुचि बढ्ने छ ।
कन्यापूराना समस्याको समाधान रचिने छ भने नयाँ कार्य योजनाहरु बन्ने छन् । विशिष्ट व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ । सहमतिबाट समस्याको निराकरण हुनेछ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ ।
तुलाखर्च एवं परेशानीले छाड्ने छैन । वैचारिक वेमेलका कारण विवादमा परिन सक्छ, बोली बचनमा सजक रहनु होला । टाढाको यात्रा त्यत्ति उपयुक्त देखिन्न । अनावश्यक कार्यमा समय वित्ने देखिन्छ ।
वृश्चिकआम्दानीका नयाँ स्रोतहरु जुट्ने छन् । व्यवसायबाट उचित रुपमा लाभ मिल्दा हर्ष बढ्नेछ । विद्यार्थी वर्गका लागि अवसर मिल्नेछ भने, शैक्षिक गतिविधिमा समेत उन्नति हुनेछ । सुख सन्तोष मिल्नेछ ।
धनुकर्म क्षेत्रमा नयाँ अवसर मिल्नेछ । माया प्रेमको बन्धन कसिलो बन्नेछ । साझेदारी कार्यबाट उचित प्रकारको लाभ मिल्नेछ । सुख सुविस्ताका साधनहरु जुट्ने छन् । कलात्मक कार्यमा विशेष चासो रहनेछ ।
मकरव्यापार व्यवसायमा सुधार हुनेछ । सोचेका कार्यहरु एकाएक पूरा हुँदा खुसी लाग्नेछ । धार्मिक कृत्यमा सहभागी हुने अवसर मिल्नेछ । सद्विचार आउनेछ । परोपकारी कार्यमा समय विताउन पाइनेछ ।
कुम्भअनावश्यक कार्यमा भुल्दा गर्नैपर्ने कार्य भने अधुरै रहने छन् । गोपनियता बाहिरीँदा समस्यामा परिन सक्छ, संयम रहनु होला । अध्ययमा ह्रास आउनेछ । जिद्दिपनले गर्दा काम कार्य विग्रन सक्छ, मैत्री भाव राख्नुहोला ।
मीनआकर्षण शक्ति बढेर जानेछ । पतिपत्नि बिचको सम्बन्ध सुमधुर रहनेछ । अपरिचित व्यक्तिको सहयोगले कार्य बन्ने छन् । नेतृत्वदायी कार्यको जिम्मेवारी मिल्नेछ । काम गर्ने कलाको प्रसंसाले उत्साह थपिनेछ ।

Leave A Reply

Your email address will not be published.