Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७६ असार २५ गते बुधबार

पूपूरोमा जे लेखिए पनि जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं ।

वि.सं. २०७६ आषाढ २५ गते, बुधबार (२०१९ जुलाइ १०), आषाढशुक्ल अष्टमी (अष्टमीव्रत)

— ज्याे. गंगासागर उपाध्याय

मेषआकर्षण शक्ति बढेर जानेछ । प्रीयजनसँगको रमाइलो जमघट हुनेछ । आर्थिक पक्ष बलियो रहँदा नयाँ लगानिको अवसर मिल्नेछ । शैक्षिक क्षेत्रमा उन्नतिको संकेत देखिन्छ । श्रृङ्गारिक कार्यमा मन रमाउनेछ ।
बृषसामान्य झन्झट आइलागेता पनि दृढ भएर लागि पर्दा सफल भइनेछ । अर्थाेपार्जनका कार्यमा ध्यान जानेछ । सहमतिद्वारा समस्याको अन्त्य गर्न सकिनेछ । शत्रू पक्ष कमजोर बन्दा काम गर्ने वातावरण बन्नेछ ।
मिथुनबल, विद्या मिल्ने समय रहेको छ । मनमा शन्ति एवं शरीरमा कान्ति छाउनेछ । महत्वाकांक्षि योजनाहरु बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । पारिवारिक जमघटले मन खुसी रहने देखिन्छ ।
कर्कटगोपनीयता बाहिरीँदा समस्या सृजना हुनेछ । वैचारिक मतभेदका कारण मान्यजनसँग विवाद बढ्नेछ । काम गरेर सन्तोष मिल्ने छैन । आर्थिक पक्ष कमजोर बन्नेछ । मान्यजनको साथ सहयोगले कार्य गर्नुहोला ।
सिंहकृषि एवं बन्दव्यापारबाट मनग्य नाफा मिल्नेछ । काम प्रतिको लगनशिलता बढेर जानेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । सामाजिक पदप्रतिष्ठा मिल्नेछ । आकस्मिक लाभले खुसी भइनेछ ।
कन्याविना तयारी कार्यमा लाग्दा अलमलको वातावरण बन्नेछ । धैर्य गर्नुहोला । कुटुम्बको सहयोगले अघि बढ्नुहोस् सफल भइनेछ । धार्मिक आस्था जाग्नेछ । सकारात्मक सोच विचारको उदय हुनेछ ।
तुलापुराना समस्याको समाधान गरेर नयाँ कार्य योजनाहरु रचिने छन् । देशदेशान्तरसम्म आफ्नो प्रभुत्व जमाउन सकिनेछ । बोलिको कदर हुनेछ । आर्थिक आयमा बढोत्तरी हुनेछ । प्रसन्नता छाउने समय रहेको छ ।
वृश्चिकआकस्मिक खर्चभार बढ्नाले आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । अनावश्यक चिन्ता, पीरले सताउनेछ । विश्वास गरेका व्यक्तिले बोलि फेर्नेछन् । आफ्ना लागि भन्दा अरुका कार्यमा समय वित्ने देखिन्छ ।
धनुआय मूलक कार्यमा ध्यान जानेछ । अध्ययन अध्यापन क्षेत्रमा रुचि जाग्नेछ । पुराना रोकिएका कार्यले गतिलिने छन् । व्यवसायबाट सोचे अनुरुप लाभ मिल्दा सुख सन्तोष मिल्नेछ । शुभ खबर सुन्न पाइनेछ ।
मकरनयाँ कार्यको शुरुवातिले उत्साह जाग्नेछ । ठूला व्यक्तिसँग सहकार्य गर्ने अवसर मिल्नेछ । मांगलिक कार्यको निम्तो आउनेछ । नोकरीमा नयाँ जिम्मेवारी पाइनेछ । सहोदरका व्यक्तिको सहयोग मिल्नेछ देखिन्छ ।
कुम्भअप्ठ्यारा पस्थितिको अन्त्य हुनेछ । अरु दिन विरोध गर्नेहरु पनि सहमतिमा आउन बाध्य हुनेछन् । पहिला गरेको दुःखको फल ग्रहण गर्न पाइनेछ । धार्मिक एवं सामाजिक कार्यमा सरीक हुने अवसर मिल्नेछ ।
मीनव्यर्थको कार्यमा भूल्दा महत्वपूर्ण कार्यमा पछि परिनेछ । जिम्मा लिएका कार्यलाई समयमा पूर्ण गर्न सकिने छैन । अनावश्यक झमेलाको सामना गर्नु पर्नेछ । नयाँ लगानिले तनाब बढ्नेछ, सतर्क रहनु होला ।

Leave A Reply

Your email address will not be published.