विराटनगर, २५ असार २०७६ । राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी वास्कोटाले सुचनाको हक आम जनताको नैर्सगिक अधिकार भएको वताएका छन् ।
विराटनगरमा आज आयोजित संचारकर्मीका लागी सुचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रममा उनले सुचनाको हक पाउने अधिकार सवैको भएकाले आफुले गरेको कामको सुचना प्रभागर्न राष्ट्र सेवक कर्मचारीले कन्जुसाई गर्न नहुने वताए । कुनैपनि भएको कामको सुचना पाउनु जनताको अधिकार भएको उनको भनाई थियो ।
आयुक्त वास्कोटाले लोकतन्त्रलाई सम्वद्र्धन गर्न सूचनाको हक प्रयोग गर्नुपर्नेमा जोड दिदै पत्रपत्रिकाले १० प्रतिशत समाचार सूचनाको हक प्रयोगको लागि स्थान दिन आग्रह समेत गरे । उनले सुचनाको हक स्थानिय स्तरसम्म पु¥याउन सकेमा मात्र लोकतन्त्र वलियो र दिगो हुने वताए । सुचनाको हक अधिकारका लागी जिम्मेवार भएर आयोग लागि रहेको आयुक्त वास्कोटाको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सुचना आयोगका सदस्य यसोदा तिम्सिनाले सुचनाको हकवाट सवै नागरिकलाई सुशुचित वनाउनु पर्नेमा जोड दिइन् । उनले भ्रष्टाचारको अन्त्य र वेथिति हटाउन सूचनाको हकको औजार पत्रकारहरुले प्रयोग गर्न आवश्यक रहेको वताइन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केशी तथा पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष वन्धु पोखरेलले सुचनाको हक कार्यान्वयमा जोड दिए ।

Comment here