Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७६ असार २६ गते बिहीबार

पूपूरोमा जे लेखिए पनि जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं ।

वि.सं. २०७६ आषाढ २६ गते, बिहीबार (२०१९ जुलाइ ११), आषाढशुक्ल नवमी, वि.जनसंख्या दिवस

— ज्याे. गंगासागर उपाध्याय

 

मेषदाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ । घरायसी समस्या हल हुनेछ । नेतृत्व गणसँग घनिष्ठता रहनेछ । सानो प्रयासले नै कार्य बन्दा खुसी लाग्नेछ । आकस्मिक धनलाभ हुनेछ । बोलिमा मिठासता आउने देखिन्छ ।
बृषबन्दव्यापारबाट अपेक्षित लाभ मिल्दा थप लगानि गर्न मन लाग्नेछ । विपक्षीहरु पनि मेलमिलापमा आउँदा कार्य गर्न सहज हुनेछ । स्वास्थ्य अवस्था सामान्य नै रहनेछ । काम गर्ने जाँगर बढ्नेछ ।
मिथुनअध्ययन अध्यापन एवं प्रतिष्पर्धात्मक काम व्यवहारमा उच्च स्थान मिल्नेछ । सन्तानको सहायता पाइनेछ । मांगलिक कार्यको निम्तो पाइनेछ । बन्धुवान्धवसँगको रमाइलो भेटले मन हर्षित बन्नेछ ।
कर्कटद्विस्वभाव युक्त सोचाईले दोधारमा पार्नेछ । अवसर हुँदाहुँदै पनि विकल्पको बाटो रोज्नाले समस्याको सृजना हुनेछ । शारीरिक कमजोरीको महसुस हुनेछ । नकारात्मक व्यक्तिको संगत हुनसक्छ, सजक रहनु होला ।
सिंहपराक्रम बढेर जानेछ । साथीभाईको साथ सहयोग मिल्दा नयाँ कार्यको आरम्भ गरिनेछ । सृजनात्मक कार्यमा मन जानेछ । लामो समय पछि मित्र मिलन हुनेछ । रमाइलो यात्राको संभावना देखिन्छ ।
कन्याबोलिकै भरमा ठूला ठूला कार्यहरु बन्नेछन् । व्यवसायमा नयाँ तौर तरिकाको प्रयोगले आयदर बढाउन सकिनेछ । कलात्मक कार्यमा मन रमाउनेछ । सान्दर्भिक कार्यको थालनिले गर्दा धेरैको साथ मिल्नेछ।
तुलाआत्मबल आत्मविश्वास बढेर जानेछ । विशिष्ट कार्यमा अतिथिको सत्कार मिल्नेछ । सामाजिक प्रतिष्ठा बढेर जानेछ । मानसिक क्षमतामा बृद्धि विकास हुनेछ । नयाँ ज्ञान ग्रहण गर्ने अवसर मिल्नेछ ।
वृश्चिकअनावश्यक सास्ती व्यहोर्नु पर्नेछ । अरुको लहैलहैमा लाग्दा आर्थिक नोक्सानी व्यहोर्नु पर्नेछ । गर्नैपर्ने कार्यको वास्ता हुनेछैन । शैक्षिक क्षेत्रमा चासो रहने छैन । टाढाको यात्रा एवं नयाँ लगानि उचित देखिन्न।
धनुकाम अनुसारको नाम, दाम मिल्नाले काम गर्ने हौसला थपिनेछ । उद्योगधन्दा, कृषि एवं पशुपालनबाट समेत आयदर बढ्नेछ । प्रशंसकहरु थपिने छन् । नयाँ ठाउँको अवलोकन, भ्रमण गर्न पाइनेछ ।
मकरसरकारी क्षेत्रका अपूरा कार्यलाई पहल गर्दा सहज रुपले बन्ने छन् । अरुलाई विश्वास दिलाउन सकिनेछ । कार्य क्षेत्र प्रति केन्द्रित भइनेछ । सामाजिक कार्यबाट सम्मान मिल्नेछ । शुभ समाचार सुन्न पाइनेछ ।
कुम्भअपूरा कार्यलाई पूर्ण गर्न सकिने छ भने नयाँ कार्य योजना बनाएर अघि बढ्ने समय रहेको छ । काम गर्ने वातावरण बन्नेछ । सोच्न सक्ने क्षमताको विकास हुनेछ । इमान्दारीताको सही रुपमा कदर हुनेछ ।
मीनकठोर बोली, व्यवहारका कारण आफन्तजनसँग नै विवाद पर्नेछ । पारिवारिक समस्याले गर्दा काम गर्ने वातावरण बन्ने छैन । असन्तोषी प्रवृत्तिले सताउनेछ । सञ्चित धन खर्च हुनेछ । नैराश्यता छाउनेछ ।

Leave A Reply

Your email address will not be published.