Rashtriya Yuva Jagaran
Online Digital News

व्यवस्थित ढलको विराटनगरमा अभाव, वर्षा हुने वित्तिकै जलमग्न, खेलकुद पनि प्रभावित

मुख्यमन्त्री प्रदेश लिग धरानमा स्थानान्तरण, वर्षा हुँदा हिलो र वर्षा रोकिँदा धुलो खानुपर्ने विराटनगरबासीको नियति

बिहीबार र शुक्रबार लगातार वर्षा भइरहने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाको रहेको छ यसर्थ विगतको जस्तो मानविय तथा भौतिक क्षति हुन नदिन नदि, किनारका बस्तिहरुलाई सचेत गराउनु, उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि बेलैमा सोच्न जरुरी देखिन्छ ।

रायुजा संवाददाता

विराटनगर, २६ असार २०७६ । मंगलबार रातिदेखि परेको वर्षाका कारण विराटनगर प्रभावित भएको छ । विराटनगरमा आयोजना हुने भनिएको मुख्यमन्त्री प्रदेश लिग धरान सारिएको छ । बिहिबारबाट विराटनगरको शहीद रंगशालामा प्रतियोगिता उद्घाटन गर्ने कार्यतालिका थियो । तर, परेको पानी निकाश नहुँदा रंगशालामा दह बनेपछि प्रतियोगिता धरान सारिएको प्रतियोगिताका संयोजक एंव अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले जानकारी दिए । शहीद रंगशाला मर्मतका लागि करिब एक करोड २५ लाख खर्च गरेर मैदानमा पानी नजम्ने बनाइएको थियो । मैदानबाट निस्किएको निकाश नाला बाहिरी सडकको नालामा जोडिएको छ । तर, बाहिरी सडकको निकाश नालामा नै अवरोध भएका कारण मैदानमा जमेको पानी निकाश भएन् । जलमग्न मैदानमा प्रतियोगिता गर्न नसक्ने अवस्था भएपछि लिग धरान सारिएको हो ।
विराटनगरका अधिकांश भागहरु जलमग्न देखिएको छन् । अधिकांश स्थानमा पानी जमेर सडक हिलाम्मे देखिएको छ भने सवारी तथा मानिसहरुलाई ावतजावतमा कठिनाई उत्पनन भएको छ । विराटनगरको ढल व्यवस्थित नभएको देखिएको छ । पानीको निकास जाने व्यवस्था गरिएको देखिएन ।
अर्कोतिर विराटनगरलाई पनि बजेट सक्नुपर्ने बाध्यताले असारे विकासले झ्याप्पै छोडेको छ । जताततै भत्किएका बाटो त्यसमाथि परेको वर्षाले हिंडडुल र यातायातमा कठिनाई ल्याउने आशंका पहिले नै गरिएको थियो ।
वर्षा हुँदा हिजो र वर्ष रोकिँदा धुलो खाएर रोग बोक्नुपर्ने बाध्यता विराटनगरबासीको नियति नै बनेको छ ।

Leave A Reply

Your email address will not be published.