Rashtriya Yuva Jagaran
Online Digital News

भोलि खण्डग्रास चन्द्र ग्रहण लाग्ने

विराटनगर, ३० असार २०७५ । भोली गते खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यो ग्रहण नेपालको सबै भागबाट देखिन्छ । नेपालका साथसाथै दक्षिण अमेरिका, यूरोप, एसिया र अष्ट्रेलियाबाट पनि देखिन्छ । पृथ्वीको कुनै पनि भागबाट ग्रहणले चन्द्रमा पूरा ढाकिएको देखिँदैन ।
विरल छायाँले ढाक्न शुरु गर्ने ः बिहान ०ः२८ बजे
खण्डग्रास ग्रहण अर्थात् सघन छायाँले ढाक्न शुरु गर्ने ः बिहान १ः४६ बजे
खण्डग्रास ग्रहणको मध्य ः बिहान ३ः१५ बजे
खण्डग्रास ग्रहण अर्थात् सघन छायाँले ढाक्न छोड्ने ः बिहान ४ः४४ बजे
विरल छायाँले ढाक्न छोड्ने स् बिहान ०ः६०२ बजे (तर चन्द्र अस्त बिहान ५ः२५ मा भइसक्ने हुनाले यो नेपालबाट देखिदैन)
ग्रहण अवधि ः
खण्डग्रास चन्द्रग्रहण (सघन छायाँले ढाक्ने) अवधिः २ घण्टा ५८ मिनेट
विरल छायाँले ढाक्ने अवधि स् ५ घण्टा ३४ मिनेट
दिप्तीक्रमः
खण्डग्रास चन्द्रग्रहण ९सघन छायाँले ढाक्दा०को दिप्तीक्रम स् ०।६५३
विरल छायाँले ढाक्दाको दिप्तीक्रम स् १।७०४
चन्द्रग्रहण देखिने कारण ः
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा हुन्छन् र पृथ्वी बीचमा पर्छ, तब पृथ्वीको छायाँ चन्द्रमा पर्छ र पृथ्वीबाट चन्द्रग्रहण देखिन्छ । यो पूर्णीमाको राती पर्दछ ।
हेर्ने तरिका र प्रभाव स्
चन्द्र ग्रहण नाँगो आँखाले हेर्न सकिन्छ । धार्मिक मान्यता र परम्परा अनुसार आफ्नै विशेष मान्यता रहेता पनि, वैज्ञानिक दृष्टिकोणबाट हेर्दा यो एउटा सामान्य खगोलिय घटना भएको र यसलाई सवै व्यक्तिले अवलोकन गर्न सक्दछन् र चन्द्रगहणलाई अवलोकन गर्दा यसले कुनै नकारात्मक प्रभाव पार्दैन ।
राजधानीबाट

Leave A Reply

Your email address will not be published.