Rashtriya Yuva Jagaran
Online Digital News

पाइप लाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन गरिएको परिक्षण सफल

प्रविधिको विकासमा लम्कँदै नेपाल

रायुजा संवाददाता
काठमाडौं, ०५ साउन २०७६ । नेपाल बिस्तारै प्रविधिमा समेत अगाडि बढ्दै गएको छ । नेपालमा पेट्रोलियम पदार्थ आयातनिर्यातमा देखिएको समस्या समाधानका लागि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउने तयारी अनुसार बुधबार भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्ज डिपोमा ५२.२ किमीको दुरीमा पाइपबाट ६ हजार लिटर पानी खसालेपछि पाइलाइन सफल देखिएको छ । अब ट्याङ्करबाट पेट्रोलियम पदार्थ ओसारपसार गर्ने झन्झट सकिने छेकछन्द देखिँदैछ । बुधबार विहान पहिलो पटक अमलेखगन्ज डिपोमा खसाइएको हो ।
अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनमा परीक्षणका लागि सो डिजेल पठाइएको थियो । बिहानै मोतीहारीबाट पठाइएको ६ हजार लिटर पानी अमलेखगन्जमा आईपुगेको थियो । पाइपलाइनबाट पानी खसिसकेपछि अहिले डिपोमा रहेको चार वटा ट्याङ्कीमा एक हजार लिटर डिजेल भरिदै गरिएको पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले जानकारी दिए ।
‘एक हजार लिटर डिजेल ट्याङ्कीमा खसिसके पछि अहिलेलाई पाइप बन्द गरिन्छ,’ उनले भने, ‘पाइपलाइनको औपचारिक उद्घाटनपछि मात्रै व्यवसायिकरुपमा तेल आउन सुरु हुन्छ ।’
पाइपलाइनको उद्घाटन कहिले गर्ने भन्ने तय भएको छैन । उद्घाटन नभएसम्मका लागि पाइपमा तेल भरीराख्न थप २१ हजार लिटर तेल पठाइने अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । पहिलो चरणमा आइपुग्ने तेलको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ प्राविधिक टोली पनि यतिबेला अमलेखगन्जमा छ ।
नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सम्झौताको एक दशकसम्म बिबिध कारण सुरु हुन नसकेको उक्त परियोजना २०७२ भदौमा पुनः अघि बढेको थियो ।

Leave A Reply

Your email address will not be published.