Rashtriya Yuva Jagaran
Online Digital News

जनताको पैसा बचाउन पाकिस्तानी प्रधानमन्त्री व्यवसायिक जहाजबाटै अमेरिकाको भ्रमणमा

जनताको प्रधानमन्त्रीको सोच

रायुजा संवाददाता
काठमाडौं, ०५ साउन २०७६ । सरकारी सेवा सुविधा नलिईकन काम गरिरहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पहिलो भ्रमण अमेरिकाबाट सुरु भएको छ । तीन दिने अमेरिका भ्रमणका लागि खान शनिबार वासिङ्टन पुगेर तारे होटलमा नभई उनी राजदुत निवासमा बसेका छन् । बिमान चार्टर गर्दा धेरै खर्च लाग्ने भएपछि उनी कमर्सियल कतार एयरवेजको फ्लाईटबाट कतार हुँदै वासिङ्टन पुगेका हुन ।
उनी बसेको पाकिस्तानी राजदूतको निवास वासिङ्टनमा अरू कूटनीतिक नियोग र निवासले घेरिएको छ। भारत, टर्की, जापानलगायत झन्डै दर्जन देशका दूतावास उक्त क्षेत्रमा छन्।
अमेरिका जाने राष्ट्र र सरकार प्रमुखले अमेरिकी सांसद, विभिन्न अधिकारीहरू र पत्रकारलाई भेट्छन्। राजदूत निवास साँघुरो हुने भएकाले ती कार्यक्रमहरू राजदूतावासमा गर्ने तयारी भइरहेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी बोर्डले ओह्रालो लागिरहेको पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन ६ अर्ब अमेरिकी डलर सहयोग केही दिनअघि स्वीकृत गरेको छ। कोषले उक्त सहायताका लागि सरकारले कडा आर्थिक अनुशासन पालन गर्नुपर्ने सर्त राखेको छ।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री खानले आइतबार कोष र अर्को दातृ निकाय विश्व बैंकका प्रमुखहरूसँग भेटघाट गर्नेछन्।
सोमबार खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एक्लाएक्लै वार्ता गर्ने तय भएको छ। गत वर्ष प्रधानमन्त्री बनेका खानले सुरूदेखि आर्थिक खर्च कम गर्न विभिन्न प्रयायहरू गरिरहेका छन्।
उनी प्रधानमन्त्रीको सरकारी निवासमा बसेका छैनन् भने निवासका गाडी पनि लिलामी गरिदिएका छन्। खानका तमाम प्रयत्नका बाबजुद् पनि पाकिस्तानी अर्थतन्त्रले गति लिन सकेको छैन।

Leave A Reply

Your email address will not be published.