Rashtriya Yuva Jagaran
Online Digital News

सामान्य उपचार गर्न गएका दुहवीका शाहको निधनले नोबेलमा तनाव, क्षति माथि क्षति गर्न कोशी राजमार्ग नै ठप्प, दुहवी बजार पनि बन्द

अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा, परिवार भन्छ– डाक्टरको लापरवाही, अस्पताल भन्छ– बिरामीलाई हटहटैक

दुःखको कुरा त यो छ कि अस्पतालको बेडमा बिरामी निधन भएको विषयलाई लिएर आफ्नै ठाउँको बजारसमेत बन्द गराएर राजमार्ग नै शुन्य बनाएर लाखौंको क्षति पु¥याउनु चाहि मुर्खता सिवाय केही देखिएको छैन । त्यस्तो गतिविधिले जिम्मेवार नागरिकको भूमिका देखाउँदैन् । जेसुकै कारणले व्यक्तिको अस्पतालमा निधन भए पनि त्यसलाई लडाएर नाराबाजी गर्ने र सामाजिक क्षति बढाउनेतिर जानु चाहि गलत नै हो ।

रायुजा संवाददाता
काठमाडौं, ०५ साउन २०७६ । अन्तिम बाच्ने अस्थाको मन्दिर भनेको हस्पताल र त्यसभित्र रहेका डाक्टर भगवान हुन् । भगवानले नै सामान्य बिरामीलाई पनि मृत घोषणा गरेर पठाईदिँदा पक्कै पनि कसैको मन बुझ्दैन र बुझाउन सकिन्न । जुन स्वभाविक मानविय गुण हो ।
सोनापुरको एसियन थाईफुड्समा कार्यरत दुहवी–६ निवसी अनिकुमार शाह मोटरसाइकलबाट लडेर सामान्य उपचारका लागि नोबेल अस्पताल पुगेका थिए । तर उनको त्यो खुट्टाको सामान्य चोटको अप्रेसन (घुँडा) नै मृत्युको कारण बन्यो । कारण परिवारका अनुसार डाक्टरको लापरवाही भन्ने आरोपले विराटनगरको नोबेल अस्पतालमा नाराबाजी चलिरहेको छ भने अस्पताले डाक्टरको कुनै लापरवाही नभएको हटहेटैकका कारण बिरामीको निधन भएको बताएको छ । यद्यपि मृतकका परिवारसहित दुहवीका करिब २ सय स्थानीयबासी भेला भई दोषी डाक्टरमाथि कारवाहीको माग गरिरहेका छन् । दुःखको कुरा त यो छ कि अस्पतालको बेडमा बिरामी निधन भएको विषयलाई लिएर आफ्नै ठाउँको बजारसमेत बन्द गराएर राजमार्ग नै शुन्य बनाएर लाखौंको क्षति पु¥याउनु चाहि मुर्खता सिवाय केही देखिएको छैन । त्यस्तो गतिविधिले जिम्मेवार नागरिकको भूमिका देखाउँदैन् । जेसुकै कारणले व्यक्तिको अस्पतालमा निधन भए पनि त्यसलाई लडाएर नाराबाजी गर्ने र सामाजिक क्षति बढाउनेतिर जानु चाहि गलत नै हो । बिरामीको निधन भईसकेपछि त्यसको समाधानमा जुट्नु पर्नेमा अझ बढाएर अझ ठूलो क्षति गर्नेतिर लक्षित हुनु चाहि कसैका लागि लाभदायक रहँदैन । सामाजिक रुपबाट पनि त्यो स्वीकार्य हुँदैन ।
शुक्रवार अप्रेशन गरिएका अनिललाई शनिबार बिहान मृत घोषणा गरिएको थियो । डा. सन्दीप अधिकारीले हेरेका अनिलको बिहान ६ बजे नै मृत्यु भएको पुष्टी गरेको भएपनि आफन्तलाई ९ बजेपछि मात्र जानकारी दिएकोले चिकित्सकको लापरवाही भएको मृतकका भाई प्रदिपको आरोप छ ।
अहिले नोबेल अस्पतालमा बिरामीका आफन्तले घेराउ गरेर प्रदर्शन गरेका छन् । डाक्टरलाई कार्वाहीको माग गर्दै उनीहरुले अस्पतालाई मान्छे मार्ने लाईसेन्स नभएको बताउँदै नारावाजी गरेका हुन् । नोबेल अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Leave A Reply

Your email address will not be published.