Rashtriya Yuva Jagaran
Online Digital News

साउनका प्रत्येक सोमबार भिड लाग्ने पुर्वका शिवालयहरु

श्रृजना कार्की

इटहरी, ०६ साउन २०७६ । साउन महिना भरि पूर्वका बनाइएका र उत्पत्ति भएका चर्चित शिवालयहरुमा भगवान शिवको भव्य पुजा आराधनाका साथ जल चलाउनेहरुको ठूलो भिड लाग्ने गर्दछ । पवित्र जलाशयको जल शिवलिंगमा चढाएमा मनोकांक्षा पूरा हुने धामिर्क विस्वासका कारण साउन महिनाको सोमबार बोलबम जाने चलन रहि आएको छ । बिभिन्न पवित्र नदी, जलाशय, कुण्ड लगायतको जल खाली गोडा तथा पैदलै हिडेर शिवलिंगमा चढाउने बोलबमको विशेसता रहेको नेपाल ज्योतिष परिषद् प्रदेश १ उपाध्यक्ष तथा सञ्चारकर्मी कमल दाहाल बताउँछन् । विशेस गरि साउनको सोमबार ब्रत लिने र शिवालयहरुमा जल चढाउने चलन पछिल्लो दशकमा लोकप्रिय बन्दै गएको छ । यस दिन देश भरिका मात्र नभई भारतका बिभिन्न मन्दिर तथा शिवालयहरुमा बोलबम् गई जल चढाउने चलन रहेको इटहरीका दाहालको कथन रहेको छ ।
शिवालयहरुमा प्रदेश १ निकै धनी देखिएको छ । प्रत्येक जिल्लामा महत्वपूर्ण र चर्चित शिवालयहरु रहेको इटहरीका दाहाल बताउँछन् । दाहालका अनुसार विराटनगरको विराटेश्वर महादेव जुन शिवालयमा विराट राजाले समेत पुजाआज गरेको पवित्र शिवालय हो जहाँ आज सोमबार शिवप्रति आस्था र विश्वास राख्ने भक्तजनहरुको भिड लाग्ने गर्दछ । यसैगरी मोरङकै अर्को पवित्र महादेवको प्रतिमा रहेको स्थान हो विश्व रुपेश्वर महादेव जगतगुरु पिठ । यस पिठमा पनि साउन भरि भक्तजनहरुको भिड उत्तिकै लाग्ने गर्दछ ।
यसैगरी सुनसरीको इटहरीमा रहेको ठूलो मन्दिर परिसरभित्र बनाइएको शिवको प्रतिमामा पुजा गर्न हजारौं भक्तजनको भिड लाग्ने गर्दछ । यसैगरी इटहरीकै सर्वेश्वर महादेव मुक्तघाट बृद्धगंगामा पनि भक्तजनहरुको उत्तिकै भिड लाग्ने गर्दछ । देश विदेशका भक्तजनहरुको घुइँचो लाग्ने शिवालय भनेको सुनसरी धरानकै पिण्डेश्वर महादेवमा हो । जुन महादेव बनाइएका होइनन आफै उत्पत्ति भएकोले भिड लाग्ने गरेको दाहाल बताउँछन् । दाहालका अनुसारका अनुसार पूर्वमा प्रतिष्ठित शिवालयहरु अति धेरै रहेको बताउँन् । सुनसरीकै पवित्रता बोकेको ऐतिहासिक हरिद्वार चतरामा औलिया बाबाको नामबाट चर्चित छ । उनका अनुसार खोटाङमा हलेसी महादेव त्यतिकै आस्था र पवित्रताको पुञ्ज बनेको छ । जहाँ हजारौं भक्तजनहरुको भिड लागि नै रहने गर्दछ । भोजपुरको सिद्देश्वर महादेवको शिवालय पनि उत्तिकै पवित्र र चर्चित रहेको र साउन भरी भोजपुर र आसपासका भक्तजनहरुको घुइँचो लाग्ने दाहाल बताउँछन् । दाहालले भने– झापामा शिवसताक्षीधाम रहेको छ । यसैगरी जलेश्वर महादेव जनकपुर, शम्भुनाथ धाम सिराहा पनि उत्तिकै पवित्रताका साथ महत्व बोकेका शिवालयमा परेको छ । यि बाहेक अन्य धेरै शिवालयहरु गाउँगाउँ, टोलटोलमा स्थापित गरिएका छन् । जहाँ सनातन मात्र नभएर देश तथा विदेशीहरुले पनि शिवको गुनगान गाउँने, भजनकिर्तन गर्ने र शिव प्रति लिन हुने गरेको पण्डित दाहालको कथन छ ।
साउनमा शिवालयमा भेटिने हरेक महिला आफूले लगाउने हरियोलाई भगवान् शिवजीको मनपर्ने रङ्सँग जोडेर बुझ्ने गर्छन् । यस्तै, धेरै महिलाको जमघट हुने पशुपतिमा पनि प्रायः साउनभरि नै युवती हरियो पहिरनमै बढी भेटिन्छन् । विवाहिताका लागि मेहेन्दी, हरियो चुरा र पहिरन सौभाग्यको प्रतीक हो भने अविवाहित महिला यसलाई उत्सुकता जगाउने रमाइलो माध्यमको रूपमा बुझ्छन् । कतिपयका लागि भने हरियो फेशनयेवल बन्ने काइदा हुने गर्छ ।
यो महिनामा गरिने हरेक क्रियाकलापमा रमाइलो सौख, उत्सुकता, जिज्ञासा र आस्था जोडिएको छ । यसभित्र पारिवारिक सुख, प्रेम र विश्वासलाई बलियो बनाउने अन्र्तनीहित सोच र भावना पनि जोडिएको छ । जसले जीवनयापनलाई अझै सुखमय र विश्वासिलो बनाउने आधारको सिर्जना गर्ने देखिन्छ । किनभने हरेक मानवीय क्रियाकलाप माया, विश्वास, प्रेम र खुशीमा नै अडिएको छ । साउने हरियो पनि हाम्रो समाजमा यस्तै अनेकौँ बिम्ब र प्रतीकको बीचमै घुमिरहेको छ । जसलाई पछ्याउने महिला जमात पनि यही सेरोफेरोभित्र नै जीवनका रहर र खुशीहरू खोजिरहेका भेटिन्छन् ।

Leave A Reply

Your email address will not be published.