श्रृजना कार्की

इटहरी, ०६ साउन २०७६ । विगतमा घुँइचो लाग्ने गरेका शिवालयहरु यस पटक पातलिएको छ । अविरल वर्षाले बाटो अवरुद्ध भएका कारण कतिपय स्थानमा मानिसहरुलाई आवतजावतमा कठिनाई भएर आवतजावतमा कठिनाई भएको छ भने कतिपय स्थानमा मौसमको खराबीका कारणले पनि शिवालय पुग्न असहज बनेको छ । यद्यपि शिवालयमा भक्तजनहरु विगत झै नभए पनि प्रतिकूल अवस्थाका बाबजुद पनि दर्शनार्थीहरु आस्था, विश्वासका साथ बोलबम जानेहरुका उत्साह देखिएको छ ।

मौसममा आएको गडीबडीका कारण मोरङको विराटेश्वर महादेवस्थल, विश्व रुपेश्वर महादेव जगतगुरु पिठ मोरङ, सर्वैश्वर महादेव मुक्तिघाट बृद्धगंगा इटहरी, सुनसरी, राधाकृष्ण मन्दिर स्थल इटहरी, सताक्षीधाम झापा, पिण्डेशवर बाबा धाम धरान सुनसरी, भोजपुरको सिद्देश्वर महादेव स्थल भोजपुरमा पनि दर्शनार्थीको त्यति घुइँचो नभएको रायुजा समाचारदाताहरुले जनाएका छन् ।
धार्मिक पर्यटकहरुको घुइँचो लाग्ने खोटाङको त्रि–धार्मिक स्थल हलेसी महादेवमा यस पटक उत्साहजनक सहभागिता हुन नसकेको र वर्षाले बिग्रेको बाटोको कारण कतिपय भक्तजनहरु बीचबाटै फेर्केको समाचार प्राप्त भएको छ ।
पूर्वी सहर तथा दक्षिणका तराईलाई जोड्ने घुर्मी–कटारी सडकखण्डको ठाँटीमा पहिरोले सडक बिगारेका कारण हलेसीमा यसअघिका वर्षजस्तो दर्शनार्थीको अपेक्षित सहभागिता नभएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
बोलबम मेला अवधिमा हलेसीमा जल चढाउनका लागि नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका थिए ।
समितिका अनुसार बाटो थाहा पाउने दर्शनार्थी बर्दिवासबाट सिन्धुली हुँदै हलेसी आइरहनु भएको छ।’ वर्षाका कारण अधिकांश सडक बिग्रेको सन्देश गएका कारण पनि बोलबमको पहिलो दिन दर्शनार्थीको अपेक्षित उपस्थिति हुन नसकेको हो– समिति भन्छ । किराँत, हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा बोलबमको अवसरमा साउन भर आन्तरिक तथा बाह्य दर्शनार्थीको भीड लाग्ने गरेको छ।

Comment here