Rashtriya Yuva Jagaran
Online Digital News

नोबेलले दियो पाँचथरलाई निःशुल्क एम्बुलेन्स

रायुजा संवाददाता
विराटनगर, ९ साउन २०७६ । प्रदेश १ को राजधानी विराटनगरको प्रतिष्ठित मेडिकल कलेज नोवेलले पाँचथर जिल्लालाई एम्बुलेन्स उपलब्ध गराएको छ ।
दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पु¥याउन सहज बनाउने उदेश्य सहित नोबेलले पाँचथर जिल्लामा एक थान एम्बुलेन्स प्रदान गरेका हुन् । अस्पतालका सञ्चालक डाक्टर सुनिल शर्माले पाँचथर नमूना बाल तथा युवा क्लबलाई ११ लाख मूल्य पर्ने एम्बुलेन्स हस्तान्त्रण गरेका हुन् ।
पाँचथर सदरमुकाम फिदिममा नोबेल अस्पताल सञ्चालक डाक्टर शर्माले क्लबका अध्यक्ष सन्तोष श्रेष्ठलाई चाबी हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण गर्दै डा. शर्माले पाँचथरका अतिविपन्न १०० बिरामीलाई नोबेल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस मोरङ सभापति डिगबहादुर लिम्बू, काङ्ग्रेस पाँचथर सभापति नरेन्द्रकुमार केरुङ, महासमिति सदस्य ललित श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वीरदल राई लगायतले एम्बुलेन्सले बिकट क्षेत्रका मानिसको स्वास्थ्य पहुच सहज भएको बताए । डा शर्माले यसअघि मोरङको पथरीशनिश्चरे–९ पुलचोकस्थित त्रिपुरेश्वर शिव पञ्चायन मन्दिरलाई पनि निःशुल्क एम्बुलेन्स प्रदान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.