Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७६ साउन १२ गते आइतबार

पूपूरोमा जे लेखिए पनि जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं ।

वि.सं. २०७६ श्रावण १२ गते, शनिबार (२०१९ जुलाइ २८), श्रावणकृष्ण एकादशी

मेष
मेषसानातिना बाधा व्यवधान आएता पनि समस्यालाई छिचोल्दै लक्ष्यमा पुग्न सकिनेछ । धन सञ्चय गर्न मन लाग्नेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी बढ्नेछ । सृजनात्मक कार्यमा मन रमाउनेछ ।
बृष
बृषआयआर्जन बढ्नेछ । विशेष कार्यमा सफलता मिल्नेछ । अघिदेखिका समस्या हल भएर जानेछन् । स्वास्थ्यमा समेत सुधार हुनेछ । मान्यजनको साथ समर्थनले काम, कार्य बन्नेछ । समय अनुकूलको रहेको छ ।
मिथुन
मिथुनआफ्नै भन्नेले समेत धोका दिनेछन् । चिन्ता, पिर थपिनेछ । हचुवाको भरमा निर्णय लिँदा पछि पछुताउनु पर्नेछ । स्वास्थ्य अवस्था कमजोर बन्नेछ । अध्ययनमा भन्दा बाहिरी कुरामा मन जानेछ । सजक रहनु होला ।
कर्कट
कर्कटभौतिक सुखसुविस्ता उपभोग गर्न पाइनेछ । पढाइलेखाइमा चासो रहनेछ । अवसरहरुले पछ्याउने छन् । कलात्मक कार्यमा मन जानेछ । व्यवसायमा नयाँ तौर–तरिकाको प्रयोगले आयदर बढ्नेछ ।
सिंह
सिंहकार्य क्षेत्र प्रति समर्पित भइनेछ । विशिष्ट व्यक्तिसँग नयाँ मित्रता गाँसिनेछ । सरकारी क्षेत्रका अपूरा काम कार्यले स्थान पाउनेछन् । मानसिक क्षमताको बृद्धिविकास हुनेछ । आर्थिक पक्ष बलियो रहनेछ ।
कन्या
कन्यासहज परिस्थिति बन्नेछ । बोलिकै भरमा धेरै कार्यहरु सरल तबरले बन्नेछन् । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सफल भइनेछ । सामाजिक प्रतिष्ठा थपिनेछ । धार्मिक कार्यमा सरीक हुन पाइनेछ ।
तुला
तुलाअरुका काम कार्यमा लाग्दा आफ्ना महत्वपूर्ण कार्य छुट्ने छन् । विपक्षीको विश्वासमा पर्दा नोक्सानी व्यहोर्नु पर्नेछ । एक्कासी स्वास्थ्य समस्याले सताउनेछ । आर्थिक पक्ष कजोर बन्नेछ । सजक रहनु होला ।
वृश्चिक
वृश्चिकविश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको नेतृत्व गर्न पाइनेछ । नोकरीमा प्रशंसा मिल्नेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी भइनेछ । अपरिचित व्यक्तिको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ ।
धनु
धनुसाझेदारी काम कार्यबाट उचित लाभ मिल्दा खुसी भइनेछ । सामान्य झन्झटको मुकाविला गर्नु परेता पनि धनसंग्रह गर्ने खाले समय रहेको छ । व्यवसायमा गरेको लगानिले दिगो रुपमा फाइदा लिन सकिनेछ ।
मकर
मकरपुराना समस्या हल भएर जानेछन् भने नयाँ जिम्मेवारी थपिनेछ । विद्या, बुद्धि स्थानमा स्थित चन्द्रमाले शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । बौद्धिक क्षमता फराकिलो बन्नेछ । तर सामान्य झन्झले भने छाड्ने छैन ।
कुम्भ
कुम्भअधिक व्यस्थताका कारण स्वास्थ्यमा समस्या आउने छ । नयाँ क्षेत्रको प्रतिनिधित्व गर्नु पर्दा शंका र डरले सताउनेछ । मातृ पक्षको साथ समर्थनले कार्यको आरम्भ गर्दा केही मात्रामा सफल भइने देखिन्छ ।
मीन
मीनपराक्रम बढेर जानेछ । साथीभाईको साथले गर्दा उच्च स्थान मिल्नेछ । कृषि क्षेत्रबाट मनग्य नाफा कमाइनेछ । हर्षको खबर सुन्न पाइनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने खाले समय रहेको छ ।

Leave A Reply

Your email address will not be published.