Rashtriya Yuva Jagaran
Online Digital News

असफल कांग्रेस नेतृत्वभित्रैबाट बीपी कांग्रेसको खोजी

सत्ताकै वरिपरि घुमिरहने र जनताका निम्ति ठोस नीति तथा कार्यक्रम नल्याई छायाँ सरकार समेत गठन गरेर सझेदारी प्रस्तुत मात्र गरिनुले कांग्रेस बढी आलोचित समेत हुँदै गएको छ । त्यही अवस्थाको मूल्याङ्कनले अहिलेको कांग्रेस नेतृत्व असफल रहेको ठहर भई आजको बरालिएको, स्वार्थमा लिप्त कांग्रेस होइन हिजो बीपीले स्थापना गरेको कांग्रेसको खोजी हुन थालेको छ । दुरदर्शी, जननेता बीपीले ल्याइएको नीतिलाई समेत समयसापेक्ष रुपमा प्रयोग गर्न नसक्ने क्षमताका धनी कांग्रेस नेतृत्वबाट हिजो सत्तामा बस्दा गरेका अलोकप्रिय कामलाई लोकप्रियता तर्फ लैजान सक्ने सामथ्र्य, शक्ति र क्षमता बढाउँदै शक्ति सञ्चयका लागि जनतामा जाने म्याण्डेटका साथ कांग्रेसलाई प्रतिपक्षमा थन्क्याएका हुन तर अझै पनि त्यो सद्बुद्धि कांग्रेस नेतृत्वमा पलाउन सकिरहेको देखिँदैन ।

खगेन्द्र कार्की

=====================================

विराटनगर, १६ साउन २०७५ । खाली शंका गर्ने, मलाई भिलेन बनाएर अरु सबै हिरो बन्ने ? नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाबीच केन्द्रीय समितिको झण्डै १ महिनासम्म बसेको बैठकमा सभापतिले बोलेको संवादको एक अंश हो यो । यसले अहिलेको कांग्रेसको चरित्र, प्रवृत्ति र कार्यशैली कस्तो हुँदैछ ? कता जाँदैछ ? विधि, विधान, नियम र कानुन अनि अनुशासनदेखि वरियताको सम्मानका कुरा कांग्रेसले कता बगायो ? भन्ने आम जनताको प्रश्न छ । राज्य एकातिर, पार्टीहरु अर्कोतिर जनता चाहि सँधै निरीह विचरा भईरहनु पर्ने, सरकारले प्रतिपक्षको निरीहताका फाइदा उठाएर ल्याएका हरेक कानुन, नियमहरुलाई मान्नुपर्ने तर माथि चाहि अरबौं खरबौंको घोटाला भईरहने, भ्रष्टाचार गरिरहने र जनताको खुन जताबाट चुसिरहने कहिल्यै नअघाउने (किर्ना)हरुको गिरोहका विरुद्धमा उत्रने, बोल्ने र जनतालाई जागरुक बनाउने कोही भएनन् ।

अहिलेको दूई तिहाईको सरकार बन्ने वित्तिकै लोकतान्त्रिक मुलुकको प्रधानमन्त्रीले अब देशमा प्रतिपक्ष नै छैन । अब राजनीतिक मुद्दा सकियो । अबको नेपालमा प्रतिपक्ष हुँदैन र छैन । अब देशलाई कसरी समृद्धितर्फ लैजाने हो भनेर प्रतिपक्षका नेताहरुसमेत सरकारका कमिशनको खेलमा सहभागी गराउने, उनीहरुका आसेपासेलाई ठाउँठाउँमा राखिदिने गरेकै कारण कांग्रेसले अहिले सशक्त रुपमा प्रतिपक्षको भूमिका खेल्न नसकेको आरोप समेत लाग्दै आएको छ । सत्ताकै वरिपरि घुमिरहने र जनताका निम्ति ठोस नीति तथा कार्यक्रम नल्याई छायाँ सरकार समेत गठन गरेर सझेदारी प्रस्तुत मात्र गरिनुले कांग्रेस बढी आलोचित समेत हुँदै गएको छ । त्यही अवस्थाको मूल्याङ्कनले अहिलेको कांग्रेस नेतृत्व असफल रहेको ठहर भई आजको बरालिएको, स्वार्थमा लिप्त कांग्रेस होइन हिजो बीपीले स्थापना गरेको कांग्रेसको खोजी हुन थालेको छ ।

दुरदर्शी, जननेता बीपीले ल्याइएको नीतिलाई समेत समयसापेक्ष रुपमा प्रयोग गर्न नसक्ने क्षमताका धनी कांग्रेस नेतृत्वबाट हिजो सत्तामा बस्दा गरेका अलोकप्रिय कामलाई लोकप्रियता तर्फ लैजान सक्ने सामथ्र्य, शक्ति र क्षमता बढाउँदै शक्ति सञ्चयका साथ जनतामा जाने म्याण्डेटका साथ कांग्रेसलाई प्रतिपक्षमा थन्क्याएका हुन तर अझै पनि त्यो सद्बुद्धि कांग्रेस नेतृत्वमा पलाउन सकिरहेको देखिँदैन । उनीहरुले चौधौ महाधिवेशन भएन भने नेतृत्व असफल हुन्छ, कार्यसमिति असफल हुन्छ र समग्रमा कांग्रेस असफल हुन्छ भन्ने वकालत गरिरहेका छन तर कांग्रेसो नेतृत्व असफल भईसकेको पत्तो उनीहरुमा छैन । कांग्रेसले पार्टीभित्र र बाहिर जे जति कामहरु गरिरहेको छ त्यसको फाइदा भनेको देशमा वामपन्थीहरुले लुटिरहेको हेक्का कांग्रेसलाई हुनुपर्ने र सोही अनुसार पार्टीलाई मजबुत बनाएर जनताको माझमा पस्नुपर्ने अवस्थामा एकआपसमा शक्तिको टकराव लिइरहनु र गलत कामको जिम्मेवारी बोध गर्न नसक्नुकै कारणबाट पनि अब बीपी कांग्रेसको खोजी हुन थालेको हो । २०७२ सालमा आएको संविधानको भावना र मर्म अनुसार आन्तरिक संरचनाका निम्ति नियमावली सम्म बनाउन नसकेको कांग्रेसले केन्द्रीय समितिलाई पूर्णता सम्म दिन सकिरहेको छैन भने यो कांग्रेसबाट कांग्रेसीजन र जनताले के अपेक्षा गर्ने ? १४/१४ एजेण्डा बोकेर बैठक हलमा प्रवेश गरेको कांग्रेसले असार २२ गतेदेखि साउन १४ गतेसम्म अर्थात झण्डै १ महिनामा एउटा पनि एजेन्डालाई राम्रो बनाएको सूचना दिन सक्दैनन भने अब यो नेतृत्व पूर्णत असफल भएकोमा दुःख मानिरहनु पर्दैन ।

१४/१४ एजेण्डा बोकेर बैठक हलमा प्रवेश गरेको कांग्रेसले असार २२ गतेदेखि साउन १४ गतेसम्म अर्थात झण्डै १ महिनामा एउटा पनि एजेन्डालाई राम्रो बनाएको सूचना दिन सक्दैनन भने अब यो नेतृत्व पूर्णत असफल भएकोमा दुःख मानिरहनु पर्दैन ।

असार २२ गतेदेखि चालु रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पनि तमाम कांग्रेसीजनलाई उत्साह दिन सकेन । अत्यन्तै सम्वेदनशिल अवस्थामा बसेको बैठक समेत अनिर्णयको बन्दी बनेर विना निस्कर्ष टुंगिन्छ भने अब तमाम कांग्रेसीहरुले नेतृत्वबाट के अपेक्षा राख्ने ? यो अत्यन्तै गैरजिम्मेवार र निन्दनीय काम कांग्रेस नेतृत्वबाट भईरहेको प्रति तमाम कांग्रेसीहरु निराश बनेका छन् । कहिले आशाको दियो चलेर उत्साह थप्न लागेको जस्तो गर्ने र कहिले पुरै अन्धकारमा पार्टीपंक्तिलाई धकेल्न खोज्ने कांग्रेस नेतृत्वको प्रवृत्ति नै अहिलेको कांग्रेसको समस्या बनेको छ ।
नेतृत्वका नेताहरु जिल्ला जिल्लामा गएर मिठा, गुलिया शब्द बोलेर उत्साह दिन खोज्ने तर केन्द्रमा पुगेर बैठकबाट खासै निर्णय गर्नै सक्दैनन् । आरोप र प्रत्यारोपबीच अविश्वाकास खाडल अझ गहि¥याएर विना निस्कर्ष बैठक टुंग्याएर लामो समय फेरी चुपचाप बस्ने गर्दछन् । काम कुरा एकतिर, कुम्लो बोकी ठिमी तिर भने झै कांग्रेसको जिम्मेवारी एकातिर छ तर उनीहरुको चरित्र र प्रवृत्ति अर्कातिर जाने गरेको देखिन्छ ।
तीन वटै तहको निर्वाचन सकिएको यतिका समय व्यतित भईसक्दा पनि अझै तल्लो तहका संरचनाहरुलाई संघीयताको ढाँचामा मिलाउनै सकिरहेको छैन । संविधान जारी हुने वित्तिकै थाल्नुपर्ने कांग्रेसको कार्ययोजना केन्द्रीय समितिको पदावधि सकिँदासम्म पुरा गर्न नसक्नु भनेको अहिले भएको नेतृत्व नै असफल हुनु हुनु हो । पार्टी पंक्तिका कुनै पनि कुरालाई व्यवस्थित ढंगबाट अगाडि बढाउन सक्दैन भने त्यो नेतृत्वलाई सफल कसरी भन्ने ? त्यसमाथि निर्वाचनमा पराजय भोगेको छ । त्यो पराजयको नैतिक जिम्मेवारी कसैले लिन चाहिरहेको छैन । नेतृत्व शेरबहादुर देउवाको हो तसर्थ पार्टीपंक्तिका आन्तरिक संरचना मिलाउन नसक्ने ? केन्द्रीय समितिलाई मर्यादित, व्यवस्थित र जनमुखी बनाउन नसक्नुले पार्टी नेतृत्व असफल भएको प्रमाणित गर्न सक्दैन र ? यद्यपि अझै पनि विधानको लगौंटी लगाएर समय लम्ब्याएर पार्टीको जिम्मेवारी गलत तरिकाले काँधमा हालिरहने मनसाय, प्रवृत्ति र प्रक्रियामा कांग्रेस नेतृत्व जानुजस्तो दुःखदायी विषय अरु के हुन सक्छ ? यथार्थमा भन्नुपर्दा कांग्रेस नेताहरु बोल्ने मात्र भए तर जनताको पक्षमा काम गर्नेहरु देखिएनन् ।

पार्टीका तमाम कार्यकर्ताका निम्ति काम गर्ने नेतृत्व देखिएन । गुट र उपगुटको शिकार बनाएर पार्टीलाई ध्वस्त बनाउने ध्याउन्नमै केन्द्रीत रहने र खाली शक्तिको दाउपेजमै लागिरहने उनीहरुको प्रवृत्तिले कांग्रेस यतिखेर हरेक ठाउँमा प्रतिपक्षको भूमिकादेखि कांग्रेसका तमाम समस्या समाधान गर्नबाट चुकिरहँदा देशले ठूलो क्षति व्यहोर्नु परिरहेको छ । उनीहरुको चरित्रको फाइदा उठाएर सत्तापक्षबाट अनेकन प्रकारका गलत निर्णयहरु हुँदै जनतालाई पिसिरहेका छन् । जनता हरेक ठाउँबाट दुःखित बन्दै गईरहेका छन् । जनताको हिजोको जिवनशैलीमा असहज अवस्था आइसकेको छ । लोकतान्त्तिक विधि र प्रक्रियाले ठाउँ छोडिसकेको छ । सबैतिरबाट संविधानले दिएको स्वतन्त्रता कुण्ठित गर्ने, त्यसलाई खुम्च्याउने रणनीतिमा सरकार रहेको छ । पत्रकारिता क्षेत्रमाथि सरकारले विष वमन गरिरहेको छ । सरकारका गलत कुरालाई उजागर गर्दा त्यो कलम भाँच्ने नीतिमा सरकार पुगेको छ । अनेकन कानुन ल्याएर मिडियालाई सरकारमुखी बनाउने अभियानमा सरकार छ । अर्कोतिर राज्यको ढिकुटी रित्याएर, वैदेशिक सहयोगको दुरुपयोग गरेर अरबौं रकम खर्चेर अनेकन प्रकारका सफ्टवेयर निर्माण गरी अनेकन निकाय खडा गर्दै हरेक ठाउँ, मन्त्रालय र परियोजनाका माध्यमबाट जनतामाथिको निगरानी बढाएको छ । मानौं कि सबै जनता चोर, डाका हुन । मुख्यत आर्थिकसँग जोडेर गरिएका यि सरकारी निगरानी यतिखेर जनताका निम्ति ठूलो समस्या भएको छ । धेरै व्यापारी, व्यवसायीहरु धरासयी मात्र भएका छैनन् गरिखाने विषयमा सरकारले ल्याएका कानुन र नियमहरुको पालना मात्रै गरेर बस्नु पर्ने तर काम गर्ने समय नपाउने अवस्था आएको छ । सरकारका यि विधि, प्रक्रिया र कानुनहरुले गरिखान नसक्ने भए पछि आयआर्जन गरिरहेका वित्तिय कारोबारमा संलग्न रहेका तलदेखि माथिसम्म, सानादेखि ठूलासम्मका व्यक्तिहरु पलायन समेत भएका र हुने अवस्थामा छन् ।

केन्द्र, प्रदेश र स्थानीय तहमा लगाएका फरक फरक करको मारमा परेका जनता महँगीको त्यतिकै शिकार भईरहेका छन् । प्राकृतिक विपत्तिको सामना गरिरहेका हजारौं मानिसहरुको अवस्था दयनीय र कष्टदायी रहेको अवस्थामा संसद समेत अवरुद्ध भएको छ । जनजिविकाको ऐना यस्तो छ तर कांग्रेस भने शक्तिकै लागि तानातान र हानाहाना गरेर बस्नुले हिजोको कांग्रेसको खोजी हुन थालेको छ । कांग्रेस हराएको छ, बरालिएको छ । भोगविलास र सुविधाका निम्ति प्रतिपक्षको भूमिकालाई गौण बनाएर सरकारी संयन्त्रहरुमा भागवण्डा गर्दैमा कांग्रेसी नेतृत्व खुशी देखिएको छ । यो अवस्थालाई चिर्ने, तमाम कांग्रेसी कार्यकर्ता, जनतासँग घुलमिल हुने, दूःख र सुखको साथी बन्ने कांग्रेसको खोजी अब हुनु आवश्यक छ, त्यो भयो भने त्यसलाई अस्वभाविक मान्नु पनि हुँदैन । यद्यीप कांग्रेस प्रतिको आस्था र विश्वासलाई अझै पनि जनताले शिरोधार्य गरेकी छन् । आशा र भरोसा राखेकै छन त्यसको अवमूल्यन कांग्रेसी नेतृत्वले गर्नु हुँदैन । पार्टीका आन्तरिक कुराहरुलाई दैनिक कार्ययोजनाका आधारमा काम गर्दै सकेसम्म जतिसक्दो छिटो टुंग्याएर समयमै चौधौ महाधिवेशन गराएर जनतामा हिजोको कांग्रेस, जनताको कांग्रेस हस्तान्तरण गर्न सक्नु मात्र अहिलेको नेतृत्वको सफलताको कसी बन्न सक्छ ।

Leave A Reply

Your email address will not be published.