Rashtriya Yuva Jagaran
Online Digital News

नेपाली सेनाको छवि धुमिल हुँदै, ब्राउन सुगरसँगै मेजर पक्राउ

रायुजा संवाददाता
इटहरी, २६ साउन २०७६ । राष्ट्रिय सुरक्षाका मामलामा अब्बल बनाउने उद्देश्यका साथ स्थापित भएको नेपाली सेना पछिल्लो समय विभिन्न विकृतिमा भासिएको छ । नेपाली सेनाले देशका महत्वपूर्ण परियोजनाहरु ठेक्कापट्टा लिएर विकास निर्माणमा सहभागी हुँदैगर्दा संसदमा समेत कुरा उठिरहेको बेलामा लागु औषध ब्राउन सुगर बेचिरहेको अवस्थामा मेजर नै पक्राउ पर्नुले नेपाली सेनाभित्रको हरकत स्पष्ट देखिएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पूर्वी पृतना हेडक्वाटर इटहरीमै कार्यरत मेजर अजित प्रताप सिंहलाई नेपाली सेना पुर्वी पृतना हेडक्वाटर नजिकै एउटा पसलबाट गरेको छ । उनको साथबाट डेढ ग्राम ब्राउन सुगरसहित थप दुईजना पक्राउ परेका छन् । लागुऔषध बिक्री भएरहेको सुचनाको आधारमा सेनाको पूर्वी पृतना छेउको पसलमा छापा मार्दा उनिहरुलाई पक्राउ गरिएको स्रोतले बतायो ।
यस अघि पनि नेपाली सेनाका व्यक्तिहरु लागु औषध कारोबारीमा पक्राउ परेका थिए । असारमा जिल्ला प्रहरी कार्यालय बाकेंबाट खटिएको प्रहरीको बिशेष ब्युरोले ५४ ग्राम ब्राउन सुगर सहित नेपाली सेनाका मेजर धिरेन्द्र जंग शाही र ब्राउन सुगर कारोबारी रिम पौडेललाई पक्राउ गरेको हो।

Leave A Reply

Your email address will not be published.