Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्य सिद्धि होस् – २०७६ साउन २७ गते सोमबार

पूपूरोमा जे लेखिए पनि जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं

वि.सं. २०७६ श्रावण २७ गते, साेमबार (२०१९ अगस्ट १२),

श्रावण शुक्ल द्वादशी

मेष
मेषधार्मिक कृत्यमा सहभागि हुन पाइनेछ । सकारात्मक सोच विचार रहनेछ । अघिदेखि रोकिएका काम कार्यलाई अघि बढाउन सकिनेछ । श्रमको सही मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । हर्ष बढ्नेछ ।
बृष
बृषव्यर्थको कार्यमा भूल्दा महत्वपूर्ण कार्य अधुरै रहने छन् । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । गोपनीयता बाहिरिँदा विपक्षीले स्थान पाउने छन् । आर्थिक अवस्था कमजोर बन्नेछ । दैनिकीमा नै व्यस्थ रहनु होला ।
मिथुन
मिथुनआत्मियजनसँगको रमाइलो जमघट हुनेछ । सहमति र सहकार्यद्वारा समस्याको हल हुनेछ । नेतृत्वदायी कार्यको जिम्मेवरी पाइनेछ । प्रेमीप्रेमीका विचको सम्बन्ध प्रगाड रहनेछ । व्यक्तित्वको चर्चा हुनेछ ।
कर्कट
कर्कटसानातिना समस्यामा नआत्तिनु होला, जीत तपाईँकै हुनेछ । व्यवसायिक क्षेत्रमा लाग्नेहरुका लागि विशेष उन्नतिको समय रहेको छ । आकस्मिक धन लाभ हुनेछ । सामाजिक पदप्रतिष्ठा समेत थपिने छ ।
सिंह
सिंहबौद्धिक क्षमताको बृद्धि विकास हुनेछ । सन्तानको सहायताले कार्य बन्नेछन् । सही कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ सहयोग पाइनेछ । अध्ययन अध्यापन क्षेत्रमा विशेष प्रगतिको संकेत देखिन्छ ।
कन्या
कन्याआफन्तजनसँगनै विवादको स्थिति सृजना हुनेछ । विपक्षीले दुःख दिनेछन् । तपाईँको परिश्रममा अरुले नै रजाइँ गर्ने छन् । सामान्य कार्यमा पनि धेरै समय विताउनु पर्दा दिक्क लाग्नेछ । स्वास्थ्यको ख्याल गर्नु होला ।
तुला
तुलापराक्रम बढेर जानेछ । कृषि क्षेत्रबाट अनपेक्षित लाभ मिल्नेछ । साथीसँगीको सहयोगले नयाँ कार्यको आरम्भ गरिनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । नयाँ कार्य योजनाहरु रचिने छ । खुसीयाली छाउनेछ ।
वृश्चिक
वृश्चिकअल्छि गर्नाले विशेष अवसर फुत्कन सक्छ अल्लि जागरुक रहनु होला । अचल वस्तुमा गरेको लगानिले भविष्यसम्म लाभ लिन पाइनेछ । बोलिको कदर हुनेछ । कुटुम्बको सहयोगले कार्यहरु बन्नेछन् ।
धनु
धनुआत्मकारक ग्रहको पूर्ण रुपमा साथ मिलेको छ । विशेष समारोहमा अतिथिको सत्कार पाइनेछ । विपक्षीहरु पनि समर्थनमा आउने छन् । मिहिनेतको सही रुपमा कदर हुनेछ । नोकरीमा नयाँ जिम्मेवारी थपिनेछ ।
मकर
मकरखर्चभार बढ्नाले तालमेल मिलाउन गाह्रो पर्नेछ । झन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ । अधिक परिश्रम पछिमात्र लक्ष्यमा पुग्न सकिनेछ । हतारको निर्णयले समस्यामा परिनेछ । नयाँ लगानि शुभ देखिन्न ।
कुम्भ
कुम्भकाम प्रतिको लगनशिलता बढेर जानेछ । परोपकारी भावना जागृत हुनेछ । अपरिचित व्यक्तिको सहयोगले कार्य बन्ने छन् । व्यवसायबाट राम्रै लाभ मिल्नेछ । थालेका धेरै कार्यले पूर्णता पाउने देखिन्छ ।
मीन
मीनकर्मभाव खुलेको छ । छोटो रमाइलो भ्रमणको योग बनेको छ । विशिष्ट व्यक्तिसँग मित्रताको बन्धन कसिलो बन्नेछ । नयाँ अवसर मिल्नेछ । आर्थिक अवस्था बलियो नै रहनेछ । सुखसुविस्ताका साधन जुट्ने छन् ।

Leave A Reply

Your email address will not be published.