रायुजा संवाददाता
बुटवल, २७ साउन २०७६। साउनमै ३० जना भ्रष्टाचारी पक्राउ गरिएको तथ्याङ्क आउँदै गर्दा अख्तियारकै कर्मचारीलाई घुससहित केही दिन अगाडि बुटवलबाट पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीलाई पक्राउ गरेको हो। राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका सहायक वीरेन्द्र पाण्डेलाई सेवाग्राहीहरुसँग ३ हजार नगदसहित बुटवलको ट्राफिक चोकबाट पक्राउ गरेको हो ।
अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले पाण्डेले व्यापारी वीरेन्द्र बर्मालाई घरायासी समानको ल्याउनको लागि लाइन मिलाई दिने भन्दै रकम मागेका थिए । सोही क्रममा ३ हजार घुससहित रंगेहात फेला पारिएको थियो। अख्तियारले व्यापारी बर्मा अनुसन्धान सहायक पाण्डे दुवै जनालाई अहिले बयान लिइरहेको छ ।

Comment here