आन्तरिक पर्यटककाका रुपमा देशका विभिन्न भागहरुबाट भक्तजनहरुको ओइरो लागेको थियो । नेपालका सबै प्रदेशका जिल्लाहरुबाट हलेसी शिवालयमा दर्शनार्थीहरुको जमघट राम्रै जमेको देखिन्यो ।

रमेश रिजाल (दिवस)

खोटाङ, २७ साउन २०७६ । साउन महिनाका अगाडिका सोमबार हलेसीको दर्शन गर्नेहरुलाई बाढी तथा पहिरोले अवरोध गरे पनि अन्तिम सोमबार आज भने भक्तजनहरुको बाक्लो उपस्थिति देखिएको छ ।

शिवालयहरुमध्ये अत्यन्तै प्रख्यात र विश्वासिलो शिवालयको रुपमा परिचित रहेको हलेसी महादेवको शिवालयमा लागेको बोलबम मेलाले पनि विभिन्न देशविदेशका भक्तजनहरुलाई तानेको थियो । शिव पुजनको महिनाको अन्तिम सोमबार आजैबाट बोलबम मेला पनि सकिदैंछ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्रको रुपमा रहेको हलेसीमा बोलबमको अवसरमा मेला भर्न तथा दर्शन गर्न सिक्किम, दार्जिलीङ, बिहार, नयाँदिल्ली, चीन, तिव्वत, भुटान लगायतका देशबाट भक्तजनहरु आएका देखिन्छन् । कति भक्तजनहरुले हेलिकप्टर चार्टड गरेर आएको स्थानीयहरु बताउँछन् । यसैगरी आन्तरिक पर्यटककाका रुपमा देशका विभिन्न भागहरुबाट भक्तजनहरुको ओइरो लागेको थियो । नेपालका सबै प्रदेशका जिल्लाहरुबाट हलेसी शिवालयमा दर्शनार्थीहरुको जमघट राम्रै जमेको देखिन्यो ।
हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका आधारमा दर्शनार्थीहरु बिगतका वर्षहरुमा भन्दा यस वर्ष अत्याधिक आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । बोलबमका लागि आएका दर्शनार्थीको भीडलाई नेपाल प्रहरी र हलेसी तुवाचुङ नगरपालिकाका स्वयमसेवकले लाईनमा राखेर दर्शन गराएका छन् । बोलबममा दूधकोसीको जल ल्याएर हलेसीमा चडाउँने गरिन्छ ।

Comment here