Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्य सिद्धि होस् – २०७६ साउन २८ गते मंगलबार

पूपूरोमा जे लेखिए पनि जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं

वि.सं. २०७६ श्रावण २८ गते, मंगलबार (२०१९ अगस्ट १३),

श्रावण शुक्ल त्रयाेदशी

मेष
मेषकाम कर्तव्य प्रति जिम्मेवारी बढ्नेछ । प्रतिष्पर्धात्मक कार्यमा विजयी भइनेछ । धार्मिक कृत्यमा मन जागृत हुनेछ । बोलिको कदर हुनेछ । सत् कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ तथा समर्थन पाइनेछ ।
बृष
बृषपूर्वान्हको समयमा समस्याले छाड्ने छैन । चिन्ताप्रद खबरले सताउनेछ । तर मध्यान्ह पछिको समय सुधारिएको छ । सकारात्मक सोचाइ रहनेछ । काम गर्ने जोश जाँगर बढेर जानेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
मिथुन
मिथुनमध्यान्ह अघि विशेष अवसर मिल्नेछ भने मन मिल्ने व्यक्तिसँगको रमाइलो भेटघाटको योग समेत देखिन्छ । उत्तराद्र्धको समयमा स्वास्थ्य कमजोर तथा आर्थिक पक्षमा मन्दिपन रहनेछ । समस्या सृजना हुनेछ ।
कर्कट
कर्कटअधिक परिश्रम गर्नु परेता पनि उचित रुपमा प्रतिफल मिल्दा खुसी लाग्नेछ । मिहिनेती प्रवृत्तिको विकास हुनेछ । प्रेमीप्रमीका विचको सम्बन्ध प्रगाढ रहनेछ । नयाँ लगानिको अवसर जुट्ने देखिन्छ ।
सिंह
सिंहबौद्धिक क्षमताको कदर हुनेछ । पारिवारिक सहयोगले कार्य बन्नेछ । व्यवसायबाट सोचे भन्दा बढि लाभ मिल्दा खुसी लाग्नेछ । वेलुकीपख सामान्य स्वास्थ्य कमजोर बन्न सक्छ, खानपान एवं व्यायाममा ध्यान दिनुहोला ।
कन्या
कन्यापूर्वान्हमा आफन्तजनसँग विवाद एवं आर्थिक नोक्सानी व्यहोर्नु परेता पनि मध्यान्ह पछि समय अनुकूलको बन्नेछ । पढाइलेखाइमा मन जानेछ । सत् विचारको उदय हुनेछ । टाढिएका आफन्तसँग मिलन हुनेछ ।
तुला
तुलासहमतिबाट समस्याको निराकरण हुनेछ । साझेदारी कार्यबाट लाभ मिल्नेछ । मध्यान्ह पछि एक्कासी स्वास्थ्य समस्याले सताउनेछ । दैनिक काम कार्यमा समेत अवरोधको स्थिति सृजना हुनेछ, सजक रहनु होला ।
वृश्चिक
वृश्चिकउत्साह उमंग छाउनेछ । समाजमा बेग्लै पहिचान स्थापित गर्न सकिनेछ । साथीभाईसँगको रमाइलो जमघटको योग बनेको छ । काम गरेर आत्मसन्तुष्टि मिल्नेछ । कृषि एवं बन्दव्यापारबाट लाभ मिल्नेछ ।
धनु
धनुधेरै क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ । विद्यार्थी वर्गका लागि विशेष अवसर मिल्नेछ । प्रीयजनसँगको रमाइलो पल वित्नेछ । वेलुकीपख अल्छि गर्नाले मौका फुत्कन सक्छ, जागरुक भएर कार्य गर्नुहोला ।
मकर
मकरविहानीको समय अन्योलमा नै वित्नेछ । काम गरेर जस भन्दा अपजस व्यहोर्नु पर्नेछ । मध्यान्ह पछि काम गर्ने वातावरण बन्नेछ । अध्ययनमा मन जानेछ । आर्थिक पक्षमा समेत सुधारको संकेत देखिन्छ ।
कुम्भ
कुम्भसानो लगानिबाट नै धेरै लाभ उठाउन सकिनेछ । सहोदरका व्यक्तिको साथ पाइनेछ । तर मध्यान्ह पछि खर्चभार बढेर जानेछ । झन्झटिला कार्यको नेतृत्व गर्नु पर्नेछ । मेहिनेत अनुरुप लाभ मिल्ने छ्रैन ।
मीन
मीनप्रतिष्ठित कार्यको आरम्भ गरिनेछ । काम गर्ने जोश जाँगर बढेर जानेछ । भौतिक सुखसुविस्ता उपभोग गर्न पाइनेछ । मान्यजनको साथ समर्थन मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आर्थिक अवस्था बलियो नै रहने देखिन्छ ।

Leave A Reply

Your email address will not be published.