तस्बिर : इकान्तिपुरबाट

पोखरा, २८ साउन २०७६ । पोखराको न्यूरोडको स्थित एक व्यापारिक कम्प्लेक्समा आगलागी हुँदा दुई दर्जन बढी पसल जलेर नष्ट भएका छन् ।
यदु अधिकारीले संचालनमा ल्याएको उक्त कम्प्लेक्समा विभिन्न व्यक्तिका एक दर्जन पसल छन् । मंगलवार दिउसो ४ वजे शुरु भएको आगजनी प्रहरी, सशस्त्र र नेपाल आर्मीको दमकलको सहायताले ५ वजे आगो नियन्त्रणमा लिएको छ । छिमेकी कम्प्लेक्सका संचालक हिरामणि पण्डितका अनुसार कमप्लेक्स भित्रको एक इलेक्टिक पसल वा रेष्टुरेण्टवाट आगजनी शुरु भएको हुन सक्ने बताए ।
क्षेतिको वारेमा सम्पूर्ण जानकारी आउन सककेो छेन। कम्प्लेक्स भित्र इलेक्टिकल पसल, जुस पसल, फोम हाउस, रेष्टुरेण्ट, फेन्सी, चस्मा पसल लगायत एक दर्जन पसल रहेका कारणले करोडौंको क्षति भएको अनुमान स्थानीयबासी तथा व्यवसायीहरुको रहेको छ । जस्ताले छाएको उक्त पसल जग्गा भाडामा लिएर पोखराका व्यपापारी यदु अधिकारीले संचालनमा ल्याएका हुन् ।
इआदर्शको सहयोगमा

Comment here